काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कोअपरेशन एमसीसीका उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन बु्रक्स सहितको टोली नेपालको चार दिने भ्रमणका लागि काठमाडौं आइपुगेको छ ।

उहाँहरु काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा एमसीसीविरोद्ध प्रदर्शन गरियो । एमसीसीकी उपाध्यक्ष सुमारसहितको टोली बिहीबार बिहान कतार हुँदै चार दिने नेपाल भ्रमणका लागि काठमाडौं पुगेको हो ।

उपाध्यक्ष सुमार विमानस्थलमा उत्रिएका बेला कारमा आएका केही व्यक्तिहरूले मुख्य गेट बाहिर एमसीसीविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । ‘नो एमसीसी’ लेखेका टि–सर्ट लगाएका एक व्यक्ति कारबाट बाहिर निस्किएर एमसीसीविरुद्ध नारा लगाएका थिए ।

उनलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर भ्यानमा राख्यो । अर्का व्यक्तिले भने कारभित्रैबाट एमसीसीको विरोध गरेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएन तर कार त्यहाँबाट हटाएको थियो ।

सम्बन्धित खबरहरु