काठमाडौं । देशको केन्द्रीय राजधानी काठमाडौंमा शंकास्पद वस्तु फेला परेको छ । काठमाडौंको सेतो पुलमा शंकास्पद वस्तु फेला परेको हो ।

सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले यसको पुष्टि गर्नुभयो ।

अस्पतालको तेस्रो तलामा टाइमरजस्तो देखिने शंकास्पद वस्तु फेला परेको उहाँले जानकारी दिनुभयो । नेपाली सेनाको ब–म निस्कृय पार्ने टोली पुगेको छ । शंकास्पद वस्तु भेटिएपछि मानिसहरु डराएका छन् ।

अमेरिकी मिलेनियम च्यालेन्ज कोअपरेशन (एमसीसी) उपाध्यक्ष फतेमा सुमारसहितको टोली काठमाडौं आइपुगेका बेला शंकास्पद वस्तु फेला पर्नुलाई विशेष रुपमा लिइएको छ । एमसीसी उपाध्यक्ष चारदिने भ्रमणका लागि आज बिहान नेपाल पुगेकी हुन् ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले एमसीसीविरुद्ध विभिन्न विरोधमा कार्यक्रमहरु सार्वजनिक गरेको थियो । घटनाको सत्यता बाहिर आउन केहि समय लाग्ने बताइएको छ ।

सम्बन्धित खबरहरु