काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले एल.एल. बि. दोस्रो बर्षको परीक्षा बारे स्पष्ट पारेको छ ।

दोस्रो वर्षको आंशिक परीक्षाको सूचना प्रकाशित नभएतापनि केही संचार माध्यमबाट उक्त तहको आंशिक परीक्षा सम्बन्धी सूचना प्रकाशित भएको भनी झुट्टो प्रचार गरेको जानकारी यस कार्यालयमा भएको पनिकाले बताएको छ ।

उक्त जानकारी प्राप्त भएको हुँदा उक्त आंशिक परीक्षाको तालिका प्रकाशित नभएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदै उक्त तहको परीक्षाको तालिका प्रकाशित भएपछि यस कार्यालयको वेबसाईटमा राखिने र अवगत हुने व्यहोरा सूचित गरिन्छ सूचनामा भनिएको छ ।

एल.एल. बि. प्रथम बर्षको आंशिक परीक्षा भने सञ्चालन भइरहेको छ । उक्त परीक्षा भोलि २५ गते सकिदैछ । यसपछि मात्र दोस्रो बर्षको आउँनेछ ।

अधिकांश कानून विषयको परीक्षामा नै परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड पालना नगरेको गुनासो गरेका छन् ।

सरकारी क्याम्पसहरुमा आयोजना भएको परीक्षामा निरिक्षकहरुसँग मास्क समेत नभएको तापक्रम मापन गर्ने साधन र स्यानिटाईजर, हात धुने व्यवस्था जस्ता स्वास्थ्य मापदण्ड केहीपनि नभएको पाईएको छ ।

निरिक्षकले खानतलासीको नाममा एकपछि अर्को विद्यार्थी गर्दै कसैमा भाइरस छ भने धेरैमा भाइरस सार्ने गरेको आरोप लगाईएको छ ।

सम्बन्धित खबरहरु