काठमाडौ । नेपाली कांग्रेस ( Nepali Congress  ) का प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुगेका शर्माले १४औं महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गर्नुभएको हो ।

उहाँले अब आफूहरुको पुस्ताले कांग्रेसलाई आमुल परिवर्तन गर्ने जिम्मेवारी लिन महामन्त्रीमा उम्मेदवारी दिने बताउनुभएको हो ।

उहाँले भन्नुभयो अब कांग्रेसमा आमुल परिवर्तन ल्याउन हाम्रो पुस्ता अघि बढ्नै पर्छ अर्को कुनै विकल्प छैन । कांग्रेसलाई हिजोको भन्दापनि अब सदियौँसम्म कांग्रेसी हुँ भनेर गर्व गर्न लायक बनाउँनेछु उहाँले भन्नुभयो ।

म मात्र हैन अब सबै पदमा मेरो वरिपरिको पुस्ता आउँनुपर्छ अब आधुनिक ढंगले पार्टी अगाडी बढाउनुपर्छ म त्यो अठोट गर्छु विश्वको सबैभन्दा रहर र भरलाग्दो पार्टी नेपाली कांग्रेस भन्ने बनाउँन म मेहनत गर्छु ।

सामूहीक प्रयास गर्नेछौ । नेता कार्यकर्ताले हातेमालो गरेर अघि बढ्ने तौर तरिका अपनाउनेछु ।

अबको चुनावमा कांग्रेसलाई अधिकांश नेपालीले शीरमा राखेर हिँड्ने बनाउँछु मलाई सहयोग गर्नुहोस् उहाँले भन्नुभयो । उहाँले मत दिएर साथ दिन सम्पूर्ण नेता तथा कार्यकर्तामा अपिल समेत गर्नुभयो ।

 

सम्बन्धित खबरहरु