न्यूयोर्क । फतिमा जेड सुमार अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ( Millennium Challenge Corporation MCC ) उपाध्यक्ष एवं कम्प्याक्ट सञ्चालन विभाग उपाध्यक्ष हुनुहुन्छ । ( Fatema Z. Sumar Vice President, Department of Compact Operations )

उहाँसँग अन्तर्राष्ट्रिय विकास, परराष्ट्र नीति, कूटनीति र वकालतमा उत्कृष्ट विशेषज्ञता छ । उहाँ कमजोर आर्थिक अवस्थाको जनसंख्या भएको देशका लागि वैश्विक प्रणाली रूपान्तरण र गरीबीबिरुद्धको क्षेत्रमा अनुभवी व्यक्तित्व हो ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा उहाँ कम्प्याक्ट अपरेसन उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । उहाँ अविवाहित हुनुहुन्छ ।

सुश्री फतिमा आर्थिक बृद्धि, गरीबी घटाउनका लागि एमसिसीले दिएका सबै अनुदान दिइएका कम्प्याक्टहरुको निरीक्षण तथा हस्ताक्षर गर्ने अधिकारी हो ।

उहाँ हालसम्म एमसिसीका वातावरण र जलवायु परिवर्तन, निजी क्षेत्र, लिङ्ग र सामाजिक समावेशीकरण, मानव र सामुदायिक विकास, भूमि र कृषि, खरीद, वित्तीय व्यवस्थापन, रणनीतिक साझेदारी र क्षेत्रीय विभाजनहरुमा काम गरीसक्नुभएको छ ।

एमसिसीको अनुबन्ध र अनुदान विश्वव्यापी छ । उहाँ यस अघि यूरोप, एशिया, प्रशान्त र ल्याटिन अमेरिकाका लागि एमसिसीको उप–उपाध्यक्षको रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले यी क्षेत्रहरुमा सबै एमसिसी कक्प्याक्ट्सको विकासका लागि सफलतापूर्वक जिम्मेवारी सम्हाल्नुभएको छ ।

अक्सफाम अमेरिकामा ग्लोबल कार्यक्रमको उपाध्यक्षका रूपमा काम गरिसक्नुभएको उहाँ नागरिक समाजको क्षेत्रमा काम गरेपछि फेरी एमसिसीमा फर्किनुभएको हो ।

फतिमा अमेरिकाको एमसिसीको कार्यकारी र विधायकी शाखाहरुमा विशिष्ट श्रेणीको रुपमा कार्यरत अधिकारी हो । उहाँ यस अघि अमेरिकी विदेश विभागमा दक्षिण र मध्य एशियाका लागि उप–सहायक सचिवको रूपमा सेवा गरिसक्नुभएको अधिकारी हो ।

जहाँ उहाँले क्षेत्रीय आर्थिक र ऊर्जा कनेक्टिभिटी को विस्तार गर्नका लागि अमेरिकी प्रयासहरु को नेतृत्व गर्नुभएको देखिन्छ ।

एक राष्ट्रपति प्रबन्धन फेलो (पिएमएफ) को रूपमा कांग्रेसमा समेत उहाँ अफगानिस्तान, पाकिस्तान, र फराकिलो क्षेत्रमा केन्द्रित अमेरिकी सीनेटको विदेश सम्बन्ध समितिमा वरिष्ठ व्यावसायिक अधिकारीको रुपमा कार्य गर्नुभएको अनुभवी राष्ट्र सेवकको छवि बनाउनुभएको व्यक्तित्व हो ।

यति मात्र हैन अमेरिकाका अत्यन्तै सर्वश्रेष्ठ विश्वविद्यालय प्रिन्स्टन, कर्नेल र इन्डियाना विश्वविद्यालयहरुका लागि सल्लाहकार बोर्डमा रहनुभएको छ ।

उहाँले प्रिन्स्टन युनिभर्सिटीको पब्लिक एण्ड इन्टरनेशनल अफेयर्स स्कूलबाट पब्लिक अफेयर्समा स्नातकोत्तर गर्नुभएको छ ।

उक्त विश्वविद्यालयबाट उहाँले प्रतिष्ठित स्टोक्स पुरस्कार प्राप्त गर्नुभएको छ । कर्नेल विश्वविद्यालयबाट उहाँले सरकार र कला विषयमा स्नातक गर्नुभएको छ । काहिराको अमेरिकन युनिभर्सिटीमा विदेश विषयमा अध्ययन गर्नुभएको देखिन्छ ।

सम्बन्धित खबरहरु