न्यूयोर्क । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ( Millennium Challenge Corporation MCC ) उपाध्यक्ष एवं कम्प्याक्ट सञ्चालन विभाग उपाध्यक्ष फतिमा जेड सुमार नेपाल आए लगत्तै पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

भित्रि कुरा बुझ्दा एमसिसीले नेपालसँग गरेको सम्झौता नेपालको संसदबाट अनुमोदन गराउन अब प्रतिपक्षी दल एमालेलाई नै हात लिनुपर्ने देखिएपछि उहाँ रणनीतिक रुपमा नेपाल आएको देखिन्छ ।

संसदबाट जसरीपनि यो सम्झौता अनुमोदन गराउनुपर्ने लक्ष्यमा अमेरिका छ । ४ बर्ष अघिदेखि यो सम्झौता नेपाल सरकारसँग भएको छ । ४ बर्षमा विस्तृत परियोजना अध्ययन प्रतिवेदन तयार पार्न देखि सूचना र आधारभूत तयारीमा ठूलो खर्च भइसकेको छ ।

एक पटक नेपाली भूमिका जमाएर खुट्टा राख्न पाए यही जम्नेगरी आफ्नो स्थान बनाउन पाउने अमेरिकाले यो परियोजनालाई ठूलो महत्वका साथ लिएको छ । नेपालमा भर्जिन ल्याण्ड रहेको, विश्वको गहिरो स्थानदेखि अग्लो स्थानसम्म भएको यो ठाउँमा खानीले भरिएको हुनसक्ने आँकलन गरी अब अमेरिकाको दृष्टी नेपालमा छ ।

यसका लागि अब ओलीलाई नै हात लिनुपर्ने भएकाले अमेरिकाले एमसिसी उपाध्यक्ष फतिमा नै नेपाल पठाएको छ । उहाँले भए ओलीलाई कन्भिन्स गर्न सक्ने विश्वास अमेरिकाको रहेको छ । उहाँमा अन्तर्राष्ट्रिय विकास, परराष्ट्र नीति, कूटनीति र वकालतमा उत्कृष्ट विशेषज्ञता छ ।

उहाँ कमजोर आर्थिक अवस्थाको जनसंख्या भएको देशका लागि वैश्विक प्रणाली रूपान्तरण र गरीबीबिरुद्धको क्षेत्रमा अनुभवी व्यक्तित्व र अमेरिकी सरकारको उच्च तहमा काम गरिसकेको उच्च अधिकारी हो ।

उहाँले भए नेपालका नेताहरुलाई आकाश पाताल देखाएर भएपनि कन्भिन्स गर्नसक्ने अमेरिकाको विश्वास रहेको छ । ओलीसँग जनमतपनि रहेको र विरोधमा उत्रिदाँ ठूलो जनसंख्या सडकमा आउनसक्ने अमेरिकाको आँकलन छ । राष्ट्रवादी नेताको छवि बनाउनुभएका ओलीले यो सम्झौता राष्ट्रघाती हो भनेर नभनिदिए मात्रपनि आफ्नो स्वार्थ पूरा हुने भएकाले उहाँलाई कन्भिन्स गर्न फतिमा नै पठाएको देखिन्छ । ओलीले यो सम्झौता राष्ट्रघाती छ नेपालका लागि चाहिँदैन भनेकै दिन सडकमा लाखौँ नागरिक उत्रिन सक्ने आँकलन छ । यसैलेपनि अमेरिका ओलीलाई कन्भिन्स गराउन चाहान्छ ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा उहाँ कम्प्याक्ट अपरेसन उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । सुश्री फतिमा आर्थिक बृद्धि, गरीबी घटाउनका लागि एमसिसीले दिएका सबै अनुदान दिइएका कम्प्याक्टहरुको निरीक्षण तथा हस्ताक्षर गर्ने प्रमुख अधिकारी हो । उच्च तहको अधिकारी नै नेपाल पठाएर यो ४ दिनमा जसरीपनि एमसिसी सम्झौता अनुमोदन गराउने लक्ष्यमा अमेरिका देखिन्छ ।

उहाँ हालसम्म एमसिसीका वातावरण र जलवायु परिवर्तन, निजी क्षेत्र, लिङ्ग र सामाजिक समावेशीकरण, मानव र सामुदायिक विकास, भूमि र कृषि, खरीद, वित्तीय व्यवस्थापन, रणनीतिक साझेदारी र क्षेत्रीय विभाजनहरुमा काम गरीसक्नुभएको छ ।

एमसिसीको अनुबन्ध र अनुदान विश्वव्यापी छ । उहाँ यस अघि यूरोप, एशिया, प्रशान्त र ल्याटिन अमेरिकाका लागि एमसिसीको उप–उपाध्यक्षको रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले यी क्षेत्रहरुमा सबै एमसिसी कक्प्याक्ट्सको विकासका लागि सफलतापूर्वक जिम्मेवारी सम्हाल्नुभएको छ ।

अक्सफाम अमेरिकामा ग्लोबल कार्यक्रमको उपाध्यक्षका रूपमा काम गरिसक्नुभएको उहाँ नागरिक समाजको क्षेत्रमा काम गरेपछि फेरी एमसिसीमा फर्किनुभएको हो ।

फतिमा अमेरिकाको एमसिसीको कार्यकारी र विधायकी शाखाहरुमा विशिष्ट श्रेणीको रुपमा कार्यरत अधिकारी हो । उहाँ यस अघि अमेरिकी विदेश विभागमा दक्षिण र मध्य एशियाका लागि उप–सहायक सचिवको रूपमा सेवा गरिसक्नुभएको अधिकारी हो ।

जहाँ उहाँले क्षेत्रीय आर्थिक र ऊर्जा कनेक्टिभिटी को विस्तार गर्नका लागि अमेरिकी प्रयासहरु को नेतृत्व गर्नुभएको देखिन्छ ।

एक राष्ट्रपति प्रबन्धन फेलो ९पिएमएफ० को रूपमा कांग्रेसमा समेत उहाँ अफगानिस्तान, पाकिस्तान, र फराकिलो क्षेत्रमा केन्द्रित अमेरिकी सीनेटको विदेश सम्बन्ध समितिमा वरिष्ठ व्यावसायिक अधिकारीको रुपमा कार्य गर्नुभएको अनुभवी राष्ट्र सेवकको छवि बनाउनुभएको व्यक्तित्व हो ।

यति मात्र हैन अमेरिकाका अत्यन्तै सर्वश्रेष्ठ विश्वविद्यालय प्रिन्स्टन, कर्नेल र इन्डियाना विश्वविद्यालयहरुका लागि सल्लाहकार बोर्डमा रहनुभएको छ ।

उहाँले प्रिन्स्टन युनिभर्सिटीको पब्लिक एण्ड इन्टरनेशनल अफेयर्स स्कूलबाट पब्लिक अफेयर्समा स्नातकोत्तर गर्नुभएको छ ।

उक्त विश्वविद्यालयबाट उहाँले प्रतिष्ठित स्टोक्स पुरस्कार प्राप्त गर्नुभएको छ । कर्नेल विश्वविद्यालयबाट उहाँले सरकार र कला विषयमा स्नातक गर्नुभएको छ । काहिराको अमेरिकन युनिभर्सिटीमा विदेश विषयमा अध्ययन गर्नुभएको देखिन्छ ।

उहाँले भएमात्र नेपालका नेताहरुलाई कन्भिन्स गर्ने र जनस्तरमा माहोल बनाउँन तौर तरिका दिन सक्ने भएकाले उहाँलाई नेपाल पठाईएको अमेरिकाका एक नेपाल जानकारी अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु