काठमाडौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा जेड सुमार नेपाल आएलगत्तै सिँधै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुग्नुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीलाई उहाँको निवास बालकोटमा नै भेटेर उपाध्यक्ष फतिमाले एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्न सहयोग गर्न आग्रह गर्नुभयो ।

बिहीबार नेपाल भ्रमणमा आउनुभएकी उहाँले संसदमा सम्झौता अनुमोदनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

उहाँले पहिलो राजनीतिक भेटघाट विपक्षी दलका नेता ओलीबाटै गर्नुभयो । शिष्टाचार भेटका क्रममा एमसिसी अघि बढाउन आग्रह गर्नुभयो बालुवाटार श्रोतले बतायो ।

जवाफमा एमाले अध्यक्ष ओलीले विगतमा सरकारको नेतृत्वमा रहँदा आफूले एमसिसी सम्झौता पारित गर्न प्रयास गरे पनि सफल नभएको र अहिले वर्तमान सरकारको कर्तव्य रहेको स्मरण गराईदिनुभयो ।

भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार अहिले एमसिसी सम्झौताका विषयमा आफूहरुको भन्दा सत्तारुढ दलको भूमिका महत्वपूर्ण हुने र उनीहरुको धारण पर्खिएर बसेको जवाफ ओलीले फर्काउनुभएको छ ।

‘विगतमा हामी सरकारमा भएका बेला प्रयास गरेका हौं, केही साथीहरुको भूमिका कारण पारित गर्न सकिएन, अहिले हामी सरकारमा छैनौं’ ओलीको भनाइ उधृत गर्दै भट्टराईले भन्नुभयो ‘पहिले सरकारको धारणा आओस् ।’ त्यसपछि हाम्रो धारणा दिन्छौ ।

ओलीले एमसिसी सम्झौताका विषयमा सरकारले आफूहरुसँग छलफल पनि नगरेको स्मरण गराउनुभयो । यत्रो राष्ट्रिय अन्र्तराष्ट्रिय चासोको विषयमा प्रतिपक्षसँग छलफल नगरिनुमा उहाँले असन्तुष्टि जनाउँनुभयो ।

उहाँले अहिले सरकारसँग आवश्यक बहुमत भएका कारण एमसिसी सम्झौता पारित गर्न एमालेको सहयोग नचाहिने र सम्भव र क्षमता भए अनुमोदन गरेर देखाईदिन सरकारलाई नै आग्रह गर्न बाटो देखाउनुभएको थियो ।

ओलीको जवाफमा उपाध्यक्ष फतिमा निरास बनेको देखिन्थ्यो । अमेरिका भरसक यो सम्झौता सर्वसहमतिमा अनुमोदन होस् । जनताबाट अवरोध नहोस् भन्ने चाहान्थ्यो । तर त्यो हुन नसक्दा ओली निवासबाट फर्किने बेलामा उपाध्यक्ष फतिमा निरास देखिएको सजिलै बुझ्न सकिन्थ्यो ।

सम्बन्धित खबरहरु