काठमाडौं । बलिउड अभिनेत्री कङ्गना राणावत ( Kangana Ranaut ) को मुस्किल थप बढेको छ । एकातिर उनी आफ्नो चलचित्र ‘थलाइवी’ को प्रदर्शनलाई लिएर धेरै उत्साहित छिन्, अर्कोतिर मानहानिको मुद्दामा संकट बढेको हो ।

बम्बई उच्च अदालतले गीतकार जावेद अख्तरले दायर गरेको आपराधिक मानहानि मुद्दा खारेज गर्ने कङ्गनाको याचिका खारेज गरेको छ ।

यो प्रकरण २०२० को हो, जब उनले एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा जावेद अख्तरबिरुद्ध गम्भीर आरोप लगाएकी थिइन् ।

त्यसपछि जावेदले अदालतमा आफ्नो छवि बिगारेको आरोप लगाउँदै मानहानीको उजुरी दायर गरेका थिए ।

जावेद अख्तरले आफ्नो उजुरीमा कङ्गनाले उक्त अन्तर्वार्तामा दिएको बयानका कारण आफ्नो प्रतिष्ठामा चोट लागेको भनेका थिए ।

सोही उजुरीलाई लिएर अभिनेत्री राणवतले १ सेप्टेम्बरमा मुम्बईमा एक मजिस्ट्रेट अदालत द्वारा शुरू भएको मानहानिको मुद्दाको कार्यवाही रद्द गर्न को लागि आवेदन दिएकी थिइन् ।

 

सम्बन्धित खबरहरु