काठमाडौं । विश्व अहिले तालिबानबारे चर्चा गरिरहेको छ । यो बीचमा चीनले कडा कदम उठाएको हो ।

चिनियाँ ( China ) राष्ट्रपति सी चिनफिङले जनरल वाङ्ग हेइजियाङ्गलाई पिपुल्स लिबरेशन आर्मी (पीएलए) को पश्चिमी थियेटर कमाण्डको नयाँ कमाण्डर नियुक्त गरेका छन् । उनले भारतसँग जोडिएको सीमाको सुरक्षा गर्नेछन् ।

यो जानकारी चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । चीनको सत्तारुढ कम्युनिस्ट पार्टी (सीपीसी) र केन्द्रीय सैन्य आयोग (सीएमसी) का अध्यक्ष सीले वाङ्ग र चार अन्य सैन्य अधिकारीलाई जनरल पदमा बढुवा गरेका हुन् ।

‘जनरल’ चीनको सैन्य सेवामा काम गर्ने अधिकारीहरुको लागि उच्च पद हो । सीएमसी पीपुल्स लिबरेशन आर्मी (पीएलए) को समग्र उच्च कमान हो । गत महिना पूर्वी लद्दाखमा भारत र चीनबीचको लडाँईपछि पश्चिमी थियटर कमाण्डको नेतृत्व गर्ने जनरल वाङ्ग चौथो कमाण्डर हुन् ।

यो कमाण्ड सिनजियाङ्ग, तिब्बत स्वायत्त क्षेत्र र भारत ( India ) सँगको सिमानामा पश्चिमी थियेटर कमाण्ड आउँछ । उनीमाथि पीएलए अन्तर्गत सबैभन्दा ठूलो भौगोलिक क्षेत्रको निरीक्षण गर्न जिम्मेवारी आइपुगेको छ ।

राष्ट्रपति सीले जुलाईमा पश्चिमी थियटर कमाण्डका प्रमुख जनरल जू किलियाङ्गलाई नियुक्त गरेका थिए । अब उनको नयाँ भूमिका के हुनेछ भन्ने बारे कुनै जानकारी दिइएको छैन ।

उनीभन्दा पहिले यो जिम्मेवारी गत बर्ष डिसेम्बर मा जनरल झाङ्ग श्यूदाङ्गलाई दिइएको थियो । जनरल वाङ्ग डिसेम्बर २०१९ देखि तिब्बत सैन्य जिल्लाको प्रमुखको रुपमा कार्यरत थिए ।

सम्बन्धित खबरहरु