काठमाडौं । साउदी अरबले अफगानिस्तानमा तालिबानको अन्तरिम सरकारलाई लिएर पहिलो पटक प्रतिक्रिया दिएको छ ।

साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहानले भने, ‘हामी तालिबान र सबै पक्षले शान्ति र सुरक्षाको लागी काम गर्नेछन् भन्ने आशा गर्दछौं ।’

राजकुमार फैसलले अगाडि भने, ‘साउदी अरबलाई आशा छ कि अफगानिस्तानको कार्यवाहक सरकारले सही दिशामा काम गर्नेछ र जनतालाई हिंसा र चरमपन्थबाट मुक्त गर्नेछ ।’

उनले साउदी अरब अब अफगानिस्तानमा शान्ति र स्थिरताको कामना गर्ने बताएका छन् । साउदी प्रेस एजेन्सीका अनुसार साउदी अरबको सरकारी समाचार एजेन्सीका अनुसार राजकुमार फैसलले आफ्नो देशले अफगान जनतालाई गर्दै आएको सहयोग जारी राख्ने बताएका छन् ।

उनले अफगानिस्तानको सार्वभौमसत्ताको सम्मान गर्ने पनि स्पष्ट पारेका छन् । साउदी अरेबियाका विदेशमन्त्रीले दोहोर्याए कि उनी यो कठिन समयमा अफगानिस्तानका जनताको साथमा उभिएका छन् ।

राजकुमार फैसलले साउदी अरेबियाले अफगानिस्तानलाई संकटबाट बाहिर निकाल्न हर सम्भव प्रयास गर्ने आश्वासन पनि दिएका छन् ।

राजकुमार फैसलले अफगानिस्तानको बारेमा यो सबै बयान एक भर्चुअल बैठकमा दिएका हुन् । तालिबानले मंगलबार अफगानिस्तानमा अन्तरिम सरकारको घोषणा गरेको छ ।

यस सरकारमा मुल्ला मोहम्मद हसन अखुन्दलाई प्रधानमन्त्री र अब्दुल गनी बरादारलाई उपप्रधानमन्त्री बनाइएको छ । तपाईंलाई जानकारी गराउ कि सन् १९९६ देखि २००१ सम्म कायम रहेको तालिबान सरकारलाई साउदी, पाकिस्तान र युएईले मान्यता दिएका थिए ।

सम्बन्धित खबरहरु