काठमाडौं । दुनियाँमा पैसा कमाउने अनेक तरिकाहरु छन् । यस्तै, एक बेलायती महिलाले आफ्नो जागिरको बारेमा निकै चकित पार्ने खुलासा गरेकी छिन् ।

“लश बाँटनिस्ट” ( Lush Botanist ) एक वनस्पतिशास्त्री हुन् । उनले आफ्नो “पाद” बेचेर लाखौं रुपैयाँ कमाइरहेकी छिन् ।

ब्रिटिश टेलिभिजन सञ्जाल च्यानल ४ मा एक प्रशारित वृत्तचित्रमा, लुशले यस्तो खुलासा गरेकी हुन् । उनले लामो समयदेखि आफ्नो “पाद” बेचेर हजारौं डलर कमाइन् ।

आफू कसरी सो व्यवसायमा आएको भनेर पनि उनले खुलाएकी छिन् । ती महिलाले आफूलाई क्यामेराको अगाडि “पाद” लगाइएको स्मरण गरिन् ।

त्यो भिडियो अहिले सम्म महिलाको सबैभन्दा लोकप्रिय भिडियो बन्यो, त्यसपछि उनले भिडियो बनाउन शुरू गरिन् । इन्टरनेटमा ति महिलाहरुलाई ‘प्रो–फार्टर’ भनेर चिन्ने गरिएको छ ।

ती महिलाले आफू त्यो व्यवसायमा ३ बर्षदेखि सक्रिय भएको बताएकी छिन् । उनले भनिन्, ‘मानिसहरु मलाई लगातार अनुरोध गरिरहेका थिए । मैले निर्णय गरें कि म यो गर्छु । मानिसहरु मलाई यसको लागि पैसा दिन्छन् ।’ उत्कृष्ट “पाद”का लागि उनी कडा मेहनत पनि गर्दै आएकी छिन् ।

ती महिला, जो आफूलाई ‘पदुरी रानी’ भन्छिन्, उनले आफ्नो आहार समायोजन गरेर “पाद” अनुसार खाना खान थालेकी छिन् । उनी राम्रो गुणस्तर पादको लागि अनेक परिकारहरु खान्छिन् ।

“लश”का अनुसार पनीरले उनको “पाद”लाई सल्फरी बनाउँछ । अर्कोतिर मोजाजारेलाले “पाद”लाई बबली बनाउछ । “लश” “पाद”को एक भिडियोका लागि झण्डै २० हजार रुपैयाँ लिन्छिन् ।

उनले एक दिनमा करीव ५ लाख रुपैयाँ कमाउने गरेकी छिन् । सो रकम उनको आज सम्मको सबैभन्दा धेरै कमाई हो । अहिले सम्म ति महिलाले झण्डै ३० लाख रुपैयाँ भन्दा धेरै कमाई सकेकी छिन् ।

उनको “पाद”को आवाज रेकर्ड गर्नको लागि उनी माइक्रोफोनको प्रयोग गर्छिन् । उनले मानिसहरुको इच्छा अनुसार पनि “पाद” गरेकी छिन् ।

सम्बन्धित खबरहरु