काठमाडौं । सामाजिक सञ्जालमा अहिले एक तस्विर खुबै भाइरल भइरहेको छ । फिनल्याण्डको पैमियोमा पहिरो अहिले चर्चामा रहेको हो ।

हामीले देखेको सामान्य पहिरो भन्दा यो केहि फरक देखिन्छ । सायद तपाईंले पनि यो दृश्य पहिलोपटक देख्नु भएको हुनुपर्छ । पहिरो क्षेत्र नजिकै खानीजस्तो पनि देखिएको छ । जंगल पनि उस्तै बाक्लो छ ।

पहिरो जान नसकेको स्पष्ट हुन्छ । त्यहाँ जमिन धेरै चिरामा विभाजन भएको देखिएको छ । पहिरो गएको नभई अरुथोक नै भएको कुरा दृश्यबाट अनुमान गर्न सकिन्छ । यो आफैंमा एक दुर्लभ दृश्य भएको कुरा सामाजिक सञ्जालहरुमा आइरका प्रतिकृयाहरुबाट थाहा पाउन सकिन्छ ।

यो सोच्नको लागि रोचक छ, कि त्यहाँ के हुन सक्छ । हामी परिकल्पना यो गर्न सक्छौं कि पहिरो जान सकेन् । पहिरो जान खोजेको भए पनि अन्य केहि कुराहरुले त्यसलाई रोकेजस्तो देखिन्छ ।

भविष्यमा यो पहिरो जान्छ कि जाँदैन भनेर भन्न सक्ने अवस्था छैन । तर अहिले झट्ट हेर्दा जमिन केहि सरेको जस्तो देखिन्छ । तर वास्तवमा यो मानवले निम्त्याएको अवस्था हो ।

खानी खोल्दा यो सुन्दर, स्वर्गको एक टुक्रा जस्तो जमिन भताभुङ्ग भयो । यो दुनियाँका लागि एक पाठ भएकाले संसारभरी नै यो तस्विर साझा भइरहेको छ ।

 

सम्बन्धित खबरहरु