काठमाडौ । अकुत सम्पत्ति कमाएको आशंकामा सम्पत्ति शुद्धीकरणसम्बधी मुद्दा खेपेका नेकपा एमालेका युवा नेता नेता परशुराम बस्नेतले सफाइ पाउनुभएको छ ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र टंकबहादुर मोक्तानको इजलासले बस्नेतलाई सफाइ दिने फैसला सुनाएको हो ।

यसअघि बस्नेतले सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट सफाइ पाइसक्नुभएको थियो ।

२०७० जेठ ५ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बस्नेतसहित आपराधिक पृष्ठभूमिका ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विभागले गैरकानुनी कामबाट आर्थिक लाभ लिएको आरोपमा उनीहरुविरुद्ध मुद्दा चलाएको थियो ।

विशेष अदालतले बस्नेतको हकमा दावी नपुग्ने भन्दै सफाइ दिएपछि सम्पत्ति शुद्धीकरण विभागले सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

सर्वोच्चले पुनरावेदनकै निर्णय सदर गर्दै बस्नेतलाई सफाई दिएको छ । युवा संघ नेपालबाट बस्नेत हाल नेकपा एमालेको भातृ संगठन खेलकुद महासंघको बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।

सम्बन्धित खबरहरु