काठमाडौ । तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा कायम गरिदिन माग गर्दै सर्वोच्च अदालत पुगेका सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टको रिटमा सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ भएन ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा राखिएको उक्त मुद्दा हेर्न नभ्याइएको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रिय सभा सदस्य भट्टले आफूहरु नेकपा एकीकृत समाजवादीमा जान चाहे पनि निर्वाचन आयोगले सनाखत गर्न नमानेको भन्दै बुधबार रिट दिनुभएको थियो ।

उहाँहरुले नेकपा एकीकृत समाजवादीमा जान पाउने गरी आदेश माग गर्नुभएको छ । यता एमालेले माधव नेपाल सहित १४ जना सांसदलाई गरेको कारबाहीको सन्र्दभमापनि मुद्धा विचाराधिन छ । यो फैसलाले नेपाली राजनीतिमा निक्कै दुरगामी प्रभाव पार्ने देखिन्छ ।

 

सम्बन्धित खबरहरु