काठमाडौं । सामाजिक सञ्जालमा अहिले एक बालकको भिडियो धेरै भाइरल भैरहेको छ । उक्त भिडियो हेरेर मानिसहरु धेरै प्रश्नहरु उठाइरहेका छन् ।

उक्त भिडियोमा, ति बालक उम्लिरहेको पानीमा हात जोडेर बसिरहेका छन् । यो डरलाग्दो घटना देखेर सबै स्तब्ध र दुखी छन् ।

यो भिडियो सेयर गर्दै एक ट्विटर प्रयोगकर्ताले लेखे, ‘यो २०२१ को भारत हो ।’ सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको यस भिडियोमा, बच्चा एक कराईमा बसिरहेको देखिन्छन् । त्यसको वरिपरि फूलहरु छरिएको छ । कराईको तल ठुलो आगो बलिरहेको छ ।

अचम्मको कुरा, बच्चाको वरिपरि धेरै मानिसहरुको उपस्थिति रहँदा पनि कसैले बालकलाई त्यहाँबाट बाहिर ल्याउन सकिरहेको छैन् । बच्चा उम्लिरहेको पानीमा हात जोडेर आरामसंग ध्यानमा बसेका छन् ।

भिडियो हेर्दा यस्तो लाग्छ कि उनले केहि मन्त्र जप गरिरहेका छन् । केहि मानिसहरु ति बच्चाको साहस को प्रशंसा गर्दै छन् ।

धेरै मानिसहरु त्यसको विरोध गर्दै छन् । तर केहि मानिसहरु भन्छन् कि पानी पम्पमार्फत हावा भरेर उम्लिरहेको भनेर भ्रम सिर्जना गरीएको छ ।

एक रिपोर्ट अनुसार यो भिडियो सन् २०१९ मा पनि भाइरल भएको थियो । केहि बर्ष पछि यो फेरी भाइरल भैरहेको छ । तर, यो भिडियो कहिले र कहाँ खिचिएको हो स्पष्ट छैन ।

उक्त भिडियोमा कराईमा पानी भरेर विशेष तरिकाले पप्प जोडेर मान्छेहरुलाई भ्रममा राख्न खोजिएको छ । आगो बालेपछि सिधैं कराईसम्म आगो पुग्न सकिरहेको छैन । त्यहाँ निमार्णय भएको चुल्होमाथि पूर्ण रुपमा लेप लगाइएको छ ।

सम्बन्धित खबरहरु