काठमाडौं । मान्छेहरुका प्रेम गर्ने अनेक तरिकाहरु हुन्छन् । तर कहिलेकाँही मानिसहरु आफ्नो र आफ्नो साथीको जीवन जोखिममा राखेर प्रेम गर्न खोजिरहेका हुन्छन् ।

त्यस्तै एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भारत, मध्य प्रदेशको राजधानीमा स्थित भिआईपी रोडमा देखा परेको दृश्यलाई लिएर प्रहरी पनि हैरान भएको हो ।

सडकमा अचानक एक जोडीलाई त्यस्तो अवस्थामा देखेपछि अन्य मानिसहरुले भिडियो बनाएका हुन् । मानिसहरूले देखे कि एउटा बाइक दौडिरहेको थियो, त्यसमा एक जोडी रोमान्स गर्दै थिए ।

उनीहरु मोटरसाइकलमा एक अर्कासँग मुख जोडेर बसेका थिए । सो घटना भोपालको भिआईपी रोडमा देखिएको हो । भिडियोमा एक युवक सडकमा मोटरसाइकल चलाइरहेका छन् ।

उनको अगाडि एक युवती बाइकको ट्याङ्कीमा बसिरहेकी छिन् । भिडियोमा प्रष्ट देख्न सकिन्छ कि उनीहरु एकअर्कासँग जोडिएका छन् । त्यस समयमा, युवक मोटरसाइकल कुदाइरहेका छन् । सोही समयमा त्यहाँ भएका केहि मानिसहरुले सो भिडियो बनाएका हुन् ।

धेरैले त्यो जोडीको फोटो खिचेका छन् भने कोहिले भिडियो पनि बनाए । जब यो भिडियो सामाजिक सञ्जालमा भाइरल भयो, प्रहरीले खोजि थालेको छ । भिडियो प्रहरीकहाँ पुगेपछि उनीहरुको खोजिकार्य सुरु भएको हो ।

त्यसपछि, मध्य प्रदेशको प्रहरीले दुई जनाको खोजी सुरु गरेको छ । भोपाल उत्तरका एसपी विजयकुमार खत्रीका अनुसार खतरनाक तरीकाले मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियो कहिले बनाइएको हो, कसले बनायो र मोटरसाइकलमा देखिएका युवक र महिला को हुन् भन्ने थाहा छैन । तर प्रहरीले अब भिआईपी रोडमा स्थापित सीसीटीभी फुटेज बाहिर निकालेको छ ।

प्रहरीले मोटरसाइकलको नम्बर ट्रेस गर्ने बित्तिकै यो जोडीको पहिचान खुल्ने दावा गरेको छ । त्यसपछि, प्रहरीले उनीहरुलाई पक्रन सक्ने बताइएको छ । उनीहरुलाई चेतावनी दिएर छोड्न सक्ने पनि धेरैको बुझाई रहेको छ । भाइरल भिडियोमा देखिएको छ कि जोडीहरु आनन्द लिइरहेका छन् ।

सम्बन्धित खबरहरु