काठमाडौं । एक अनौठो शिशुको जन्म भएपछि सबै चकित भएका छन् । अफ्रिकी देश रुवाण्डामा एउटा घटना घटेको हो । त्यहाँ एउटा बच्चा जन्मेको थियो जसको टाउको ठुलो आकारको थियो ।

बच्चा जन्मिने बित्तिकै बुबाले एलियन भन्दै शैतानको नाम दिएका थिए । त्यो मात्रै नभएर उनले आफ्नी श्रीमतीलाई बच्चालाई खत्तम गर्न आदेश पनि दिएका थिए ।

तर आमाले आफ्नो बच्चालाई खत्तम गर्ने श्रीमानको आदेश अस्वीकार गर्छिन् । त्यसपछि रिसाएर आगो भएका बुबाले आफु बच्चाको पालनपोषणको लागी जिम्मेवार नहुने बताए । यो घटना रुवाण्डा को हो ।

‘डेली स्टार’ को एक रिपोर्ट अनुसार ती महिलाको नाम बाजेनेजा लिबर्टा हो । महिलाले एउटा बच्चालाई जन्म दिइन्, जो एक अनौठो सिन्ड्रोमबाट पीडित छ । बच्चाको जन्मपछि, एलियन भन्दै बुबाले स्वीकार गर्न मानेनन् ।

बच्चालाई देखेपछि रिसले आगो भएका ति व्यक्तिले आफ्नी श्ररुीमतीलाई बच्चालाई सिध्याउन भने, तर आमाले त्यस्तो गर्न मानिनन् । श्रीमतीले आफ्नो कुरा नमानेपछि ति व्यक्ति रिसाइरहेका थिए । जानकारी अनुसार ति महिला नै आफ्ना श्रीमानसँग अलग भएकी हुन् ।

त्यसपछि ती महिला बच्चाको उपचार गर्न लागिन् । बच्चाको उपचारका लागि उनले चन्दा संकलन गर्न थालिन् । उनले आफ्नो बच्चालाई डाक्टरकहाँ लगिन्, तर डाक्टरले बच्चालाई के भएको हो भनेर स्पष्ट रुपमा बताउन सकेनन् । रिपोर्ट अनुसार, यो सिन्ड्रोम प्रिजोरिया भन्दा केहि फरक छ ।

त्यसकारण बच्चाको टाउको एक त्रिकोण जस्तै देखिन्छ र आकारमा पनि धेरै ठूलो हुन्छ । बच्चाको आमा, बाजेनेजा लिबर्टाले आफ्नो पूरा घटना सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

त्यसपछि, जब मानिसहरुले उनलाई देखे, धेरै जना उनलाई मद्दत गर्न को लागी अगाडि आए । बच्चाको उपचारको लागी एक कोष बनाईएको छ, ताकि मानिसहरु पैसा दान गर्न सकुन् । बाजेनेजा लिबर्टा आफ्नो बच्चाको विदेशमा उपचार गराउन चाहान्छिन् ।

उनी विश्वस्त छिन् कि उनको बच्चा ठीक हुनेछ । रिपोर्ट अनुसार, डेलिभरीसम्म सबै कुरा सामान्य थियो । महिलाले गर्भावस्थाको बेला पनि कुनै समस्याको सामना गर्नु परेन् । श्रीमानले उनलाई डेलिभरीको लागी अस्पताल लगेका थिए ।

तर जब बच्चा जन्मियो, पतिजस्तै, डाक्टरहरु पनि छक्क परे । बच्चाको टाउको अनौठो तरिकाको थियो । लिबर्टा अब बच्चाको हेरचाह गर्न संघर्ष गर्दैछिन् । मानिसहरुले उनलाई मद्दत गर्न थालेपछि धेरै पैसा जम्मा भएको छ ।

जानकारी अनुसार, लिबर्टाको खातामा लगभग ९३ लाख रुपैयाँ संकलन भैसकेको छ । मानिसहरु उनीहरुलाई ठूलो संख्यामा दान गर्दै छन् । एक व्यक्तिले लिबर्टालाई साहसी महिलाको संज्ञा दिएका छन् । उनले केहि चमत्कार भएर बच्चा सकेसम्म चाँडो उपचार पाउन सफल हुने कामना पनि गरेका छन् ।

सम्बन्धित खबरहरु