काठमाडौं । मर्निङवाकमा निस्केकी एक किशोरी अपराधको सिकार बनेकी छिन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा उनी सो अपराधको सिकार भएकी हुन् ।

बुधबार विहान पाँच बजेतिर छिमेकी साथीसँगै मर्निङवाकमा निस्केकी १६ वर्षीया किशोरीमाथि उक्त अपराध भएको जानकारी दिइएको छ ।

सुर्खेत प्रहरीका अनुसार वीरेन्द्रनगरको पश्चिमतर्फको कालोपत्रे सडकमा हिँडिरहेका दुई किशोरीलाई लक्षित गर्दै अगाडिबाट एक युवकले केहि चिज फालिरहेका थिए । ति युवकबाट बच्न दुई किशोरीमध्ये एक जना सडक हुँदै दौडेर घर पुगिन् ।

तर अर्की किशोरी पूर्वतर्फको धान खेततर्फ दौडिइन् । खेतको हिलोका कारण उनी दौडन सकिनन् । सोही अवसरमा किशोरीमाथि खेतमै अपराध भयो । प्रहरीका अनुसार घर पुगेकी साथीले घर परिवारलाई खबर गरेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीका अनुसार अभिभावकहरु त्यहाँ पुग्दा ति व्यक्ति भागिसकेका थिए । अभिभावकले खबर गरेपछि प्रहरी टोली तत्कालै घटनास्थल पुगेको हो । घटनास्थल सडकदेखि नजिकै पर्ने बताइएको छ ।

सम्बन्धित खबरहरु