काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरुको सर्वदलीय बैठक शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड),नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ,जसपाका अध्यक्ष उपेन्द्र यादव ,राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी रहनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै आ–आफ्नो पार्टीमा मन्त्रीहरुको नाम टुंग्याउन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्रीले सत्ता गठबन्धनका नेताहरुलाई तपाईंहरुले पार्टीमा सल्लाह गरेर मन्त्रीहरु टुंगो लगाउनुस् भन्नु भएको हो ।

कांग्रेस सभापति देउवाले गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु