काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उक्त बैठकमा मुलुकको समसामयिक परिस्थितिलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समग्र सुरक्षा अवस्थाबारे समीक्षा भएको थियो ।

गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शङ्करदास वैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव वेगेन्द्रराज शर्मालगायत उपस्थित रहेको उक्त बैठकमा सीमा सुरक्षा, एमसीसीलगायत समग्र सुरक्षासँग सम्बन्धित विषयका बारेमा समीक्षा भएको बताइएको छ ।

आज बिहान सत्ता गठबन्धनमा आबद्ध दलहरुको सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड),नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ,जसपाका अध्यक्ष उपेन्द्र यादव ,राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी रहनुभएको थियो ।

आजको बैठकमा एमसीसी, मन्त्रिमण्डल विस्तारलगायतका विषयमा छलफल भयो । प्रधानमन्त्री देउवाले नेताहरुलाई मन्त्रीहरुको नाम दिन अनुरोध गर्नुभयो ।

सम्बन्धित खबरहरु