काठमाडौ । नेपाल संसदमा अनौठा दृष्यहरु देखिइरहेका छन् । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा (संसद) को बैठक अघि बढाएपछि त्यहाँ फिल्मी शैलीका दृष्यहरु देखिएका हुन् ।

शुक्रबारको पहिलो बैठक एमाले सांसदहरुको नाराबाजीका कारण स्थगित भयो । दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुखले संसदको कारबाही पेलेर नै अगाडि बढाउनुभयो ।

उहाँले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकारको प्रस्ताव पेश गर्न समय दिएपनि बसिरहेको ठाउँबाट नै प्रस्तुत गर्न भन्नुभयो ।

सुवालले प्रमुख प्रतिपक्षीको विरोधको नाराबाजी भइरहेकाले प्रस्ताव प्रस्तुत गर्न रोष्टमबाट नै पेश गर्ने वातावरण बनाउँन प्रतिपक्षको माग सुन्न आग्रह गर्नुभयो ।

त्यसपछि सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश पेश गर्न समय दिनुभयो । नाराबाजी गरिरहेका एमाले सांसदहरुले अर्थमन्त्रीको बाटो छेक्न खोज्नुभयो । उहाँ दौडिएर रोष्टममा पुग्नुभयो ।

मानौ कि त्यहाँ ठूलो खतरा छ । र, प्रमुख प्रतिपक्षीको नाराबाजीका बीच अध्यादेश पेश गर्नुभयो ।

सम्बन्धित खबरहरु