काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा (संसद)को बैठक अघि बढाउनु भएको छ ।

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नाराबाजी र अवरोध गरिरहेकैबेला आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ बहुमतले स्वीकृत भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सो अध्यादेश बैठकमा प्रस्तुत गर्नुभएपछि सभामुख अग्नीप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्नुभएपछि बहुमतले स्वीकृत भएको हो । बैठकमा सभामुख सापकोटाले सांसद प्रेम सुवाललाई प्रस्ताव राख्न आग्रह गर्नुभयो । नेमकिपा सांसद सुवालले एमसीसी सम्झौताबारेमा धारणा राख्नुहुँदै एमसीसी पारित गर्न देशको अहितमा रहेको बताउनुभयो ।

अवरोधकैबीच प्रस्ताव राख्न समस्या भएको भन्नुहुँदै सांसद सुवालले अवरोधको समस्या समाधान गरी बैठक अघि बढाउन आग्रह गर्नुभयो । उहाँले प्रस्ताव प्रस्तुत नगर्नुभए पनि उहाँको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नु नपरेको सभामुख सापकोटाले बैठकलाई जानकारी गराउनुभयो ।

सभामुख सापकोटाले सांसद सुवाललाई ‘आर्थिक अध्यादेश २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो । तर सांसद सुवालले सो प्रस्ताव प्रस्तुत गर्न अस्वीकार गर्नुभयो । बैठकमा अवरोध कायम रहँदासम्म आफ्नो प्रस्ताव पेश नगर्ने उहाँले बैठकलाई जानकारी गराउनुभयो ।

सो पछि सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई ‘आर्थिक अध्यादेश २०७८ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न आग्रह गर्नुभएपछि अर्थमन्त्री शर्माले सो प्रस्ताव प्रस्तुत गर्नुभएपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएपछि बहुमतले स्वीकृत भएको सभामुख सापकोटाले घोषणा गर्नुभयो ।

सम्बन्धित खबरहरु