काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख निरंकुश र एकपक्षीय ढंगले चलेको भन्दै अब अप्रिय घटना हुनसक्ने चेतवानी दिएको छ ।

सभामुख अग्नीप्रसाद सापकोटा यसरी नै अघि बढे कुनै पनि बेला संसदमा अप्रिय घटना हुने एमालेको चेतावनी छ ।

शुक्रबार दोस्रोपटक एमालेको अवरोधका बीच सदनको कारवाही अघि बढाएर १५ मिनेट स्थगन भएको छ ।

बैठक स्थगनगरेपछिपनि सभामुखले प्रमुख विपक्षसँग छलफल गर्नुभएको छैन । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखका कारण अप्रिय घटना हुन सक्ने सार्वजनिक चेतावनी दिनुभएको छ ।

भट्टराईले भन्नुभयो ‘सभामुखमा युद्धकालीन गुरिल्लाको अनुहार प्रकट भएको छ ।

प्रतिपक्षसँग परामर्श नगरी एकलौटी ढंगले माओवादी कार्यकर्ताको भूमिकामा प्रस्तुत हुने हो भने कुनै पनि बेला अप्रिय घटना हुन सक्छ ।’

उहाँले एमालेको विरोध यथावत रहेको स्पष्ट पार्नुभयो । कानूनविपरीत सभामुखले एमाले विभाजनमा भूमिका खेलेको भन्दै यसले संसदको बाँकी अवधि सहज नहुने चेतावनी दिनुभयो ।

सम्बन्धित खबरहरु