काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आज नयाँ बजेट ल्याउने भएको छ।

प्रतिनिधि सभामा प्रतिस्थापन विधेयकमार्फत् सरकारले आजै नयाँ बजेट पेस गर्न लागेको संसद सचिवालय स्रोतले जानकारी दिएको छ।

यसअघि आजै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीकाबीच अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली सरकारले ल्याएको बजेट अध्यादेश स्वीकृतिका लागि पेस गर्नुभएको छ ।

अध्यादेश प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेसँगै नयाँ बजेट ल्याउने बाटो खुलेको हो।

सभामुख अग्नि सापकोटाले आजै प्रतिनिधि सभाको अर्को बैठक डाक्नुभएको छ । अबको बैठकमा बजेट पेश हुने सूची रहेको स्रोतले खुलायो ।

स्रोतका अनुसार अर्थ मन्त्रालयले बजेट बनाईसकेको छ । बजेट लिएर अर्थमन्त्री संसद बैठक स्थलमा पुगिसक्नुभएको छ । सरकारले पेश गर्न लागेको बजेटमा ठूलो संख्यामा योजनाहरु कटौती गरेको बुझ्न आएको छ । कर्मचारीको बढेको तलब कायम छ ।

शिक्षकहरुका लागिपनि कर्मचारी सरह भत्ता र भ्रमण भत्ता थपिएको छ । बृद्धभत्ता केपी शर्मा ओली नेतृत्वको सरकारले बढाए अनुरुप नै कायम राखिएको छ ।

सम्बन्धित खबरहरु