काठमाडौ । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट परिमार्जन गरेको हो ।

बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएको जानकारी दिनुभएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आजैबाट प्रतिस्थापन विधेयकमार्फत् बजेट प्रस्तुत गरेको हो । एमालेको नारावाजी र अवरोधका बाबजुद बजेट प्रतिस्थापन विधेयक संसदमा पेस भयो ।

अर्थमन्त्री शर्माले चालु खर्च अन्तर्गतका बैठक भत्ताहरूमा खर्च कटौती गर्ने र यसबाट उब्रिएको ५ अर्ब कोभिडमा खर्च गरिने बताउनुभयो ।

यसैगरी मिर्गौला तथा मेरुदण्डका दीर्घरोगीलाई ५ हजार रूपैयाँ भत्ता दिइने भएको छ । यसअघि देउवा नेतृत्वकै सरकारले यो निर्णय गरेको भए पनि कार्यान्वयनमा आएको थिएन ।

विभिन्न राजनीतिक तथा परिवर्तनका आन्दोलनमा वलिदान गर्ने परिवार (शहीद) लाई जीवनवृत्तिस्वरूप मासिक ३ हजार प्रदान गरिने अर्थमन्त्री शर्माले बताउनुभयो ।

 

सम्बन्धित खबरहरु