काठमाडौ । सरकारले कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई रकम दिने भएको छ ।

सरकारले त्यस्ता परिवार ५ लाख रहेको अनुमान गरेको छ । उक्त प्रति परिवारलाई १० हजार नगद अनुदान दिने संशोधित बजेटमा उल्लेख छ ।

शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले यस्तो घोषणा गर्नुभएको हो ।

तत्कालिन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट संशोधन गरेर संशोधित बजेट संसदमा पेश भएको छ ।

उक्त बजेटमा यो विषय समेटिएको अर्थमन्त्रीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कोभिड–१९ का कारण रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरिव तथा विपन्न करीब ५ लाख परिवारलाई एक पटकका लागि प्रति परिवार रु १० हजार निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रबन्ध गरेको छु ।’

 

सम्बन्धित खबरहरु