काठमाडौं । विगत केहि दिनदेखि संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले देखाएको व्यवहारलाई लिएर खुबै आलोचना भइरहेको छ ।

नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले भेदभावपूर्ण व्यवहार देखाएको भन्दै संसद चल्न नदिन एमालेले बैठक स्थलमा निरन्तर नाराबाजी गरिरहेको छ । सोही अनुसार संसदमा हंगामा हुने गरेको छ ।

एमालेले भदौ १ गते संसद् सचिवालयमा एमालेका १४ जना सांसदमाथि कारबाही गरेको जानकारी दिएपनि त्यसलाई अघि नबढाएर सभामुखले भेदभावपूर्ण निर्णय गरेको आरोप लगाउँदै आएको छ ।

सभामुख सापकोटाले उक्त विषय अदालतमा भएको भन्दै बच्न खोजिरहनु भएको जस्तो देखिन्छ । तर अहिले सरकारमा रहेका माओवादीका नेताहरुले केहि वर्ष पहिले संसदमा देखाएको हर्कत मान्छेहरु याद गरिरहेका छन् ।

५ माघ २०७१ मा संविधानसभामा माओवादीका सांसदले कुर्सी उचाल्दै फ्याल्दै गर्न भ्याएका थिए । वर्तमान अर्थमन्त्री जर्नादन शर्माले त मर्यादापालकलाई लछार्न पछार्न समेत भ्याउनुभएको थियो ।

त्यसबेला संसदमा केपी शर्मा ओली, विद्यादेवी भण्डारी र सभामुख सुवास नेम्वाङमाथि नै हात हालिएको थियो । त्यस घटनालाई विश्वले गम्भीर रुपमा लियो ।

पूर्वप्रधानमन्त्री स्व. सुशील कोइराला सरकारविरुद्ध माओवादी सांसदहरु प्रदर्शन गरिरहेका थिए । त्यस बेलाको भिडियोमा वर्तमान सभामुख सापकोटालाई पनि देख्न सकिन्छ ।

संविधान निर्माणको चरणमा तत्कालिन माओवादी केन्द्रले संसदमा सो व्यवहार देखाएको हो ।

सहमतिबिना संविधानसभामा विवादित विषयको प्रश्नावली बनाउने प्रस्ताव पेश गर्न खोजिएको भन्दै माओवादी सांसदले माघ ५ को मध्यरातमा संविधानसभा भवनका माइक र कुर्सीहरु फालिएको थियो ।

सम्बन्धित खबरहरु