काठमाडौं । एक बरिष्ठ प्रहरी अधिकारीको आपत्तिजनक भिडियो लिक भएको छ । भारत, राजस्थान अजमेर जिल्लाका डीएसपी हीरालाल सैनी गिरफ्तार भएका हुन् ।

गत दुई दिनदेखि महिला कनस्टेबलसंगको एक आपत्तिजनक भिडियो बाहिर आएपछि उनी पक्राउ परेका हुन् ।

राजस्थान प्रहरी सेवाका ति अधिकारीलाई एसओजीले उदयपुरको एक रिसोर्टबाट हिरासतमा लिएको हो । त्यसपछि उनलाई राति जयपुर पुर्याइयो ।

भाइरल भएका डीएसपीको भिडियोमा महिलाको ६ वर्षीय छोरा पनि देखिएका छन् । उनीमाथि आपत्तिजनक कार्यको आरोप पनि छ । प्राप्त जानकारी अनुसार, डीएसपी त्यो रिसोर्टमा थिए जहाँ महिला आफ्नो छ बर्षको बच्चासंगै थिईन् ।

उनीहरु दुबै पौडी पोखरीमा सँगै देखिएका थिए । त्यसपछि उनको आपत्तिजनक भिडियो भाइरल भयो । भाइरल भिडियोको आधारमा प्रहरीले रिसोर्टमा छापा मारेको थियो ।

त्यहाँबाट नै डीएसपी हीरालाल सैनीलाई हिरासतमा लिएको हो । जब महिलाका पति मुद्दा दर्ता गर्न आए, प्रहरीले अस्वीकार गर्यो ।

सम्बन्धित खबरहरु