काठमाडौं । एमसीसी उपाध्यक्ष फातिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवासँग भेट गर्नुभएको हो ।

भेटमा एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरुसहित नेपाल–अमेरिका सहयोगबारे छलफल भएको जानकारी दिइएको छ ।

चार दिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आउनु भएकी उहाँले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष मावकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगयतका नेताहरुलाई भेट्नु भएको छ ।

आज नै ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाललाई पनि एमसीसी उपाध्यक्ष फातिमा सुमारले भेट्नुभयो ।

एमसीसी उपाध्यक्ष फातिमाले शुक्रबार सिंहदरबारमा पुगेर मन्त्री भुसालसँग भेट गर्नुभयो ।

सम्बन्धित खबरहरु