काठमाडौ । प्रतिनिधि सभाको आज ( शुक्रबार ) को वैठकमा निक्कै रोचक दृष्य देखियो ।

५ माघ २०७१ मा संविधानसभामा तत्कालिन माओवादीका सांसदले कुर्सी उचाल्दै फ्याल्दै गरेर विश्व चकित बनाएका थिए ।

आज त्यही बेलाको झल्को देखिने दृष्य देखियो । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले शुक्रबारको प्रतिनिधिसभा बैठकमा पनि रोष्ट्रम चढ्ने कोशिस गर्नुभएको देष्य रोचक थियो ।

यसअघि बुधबारको प्रतिनिधिसभा बैठकमा पनि उहाँले गृहमन्त्री बालकृष्ण खाँणलाई रोक्ने प्रयास गर्दै रोष्ट्रम चढ्ने कोशिस गर्नुभएको थियो ।

उहाँले अन्यायबिरुद्ध सडकमा होस् या संसदमा जहाँपनि संघर्ष गर्न तयार भएर जनताका लागि होमिएका कारण कुनै हालतमा नछोड्ने प्रतिक्रिया दिनुभएको छ ।

उहाँले सभामुख अग्नीप्रसाद सापकोटाले अन्याय गरेको दावी गर्नुभयो । शुक्रबार पनि उहाँ संसदका मर्यादापालकमाथि चढ्दै रोष्ट्रममा पुग्ने कोशिसमा हुनुहुन्थ्यो । यसबारेमा उहाँले संसदबाट बाहिरिँदै प्रतिक्रिया दिनुभएको छ ।

रोष्टममा अर्थमन्त्री जनार्दन शर्मा बजेट सम्बन्धी प्रतिस्थापन विधेयक वाचन गरिरहनुभएको थियो ।

संसद्को ड्यासको अग्रभागमा एमालेका सांसदहरू सभामुख विरुद्ध नाराबाजी गर्दै रोष्टममा उक्लिने प्रयास गरिरहनुभएको थियो । मर्यादापालकहरुलाई सांसदहरूको भीड रोक्न हम्मे परिरहेको थियो ।

एमाले सांसदहरू नाराबाजीमा मात्र सीमित रहनुभएन उहाँहरु रोष्टममा पुग्नका लागि मर्यादापालकको काँधै चढ्न थाल्नुभयो । सांसद गंगा चौधरी सभामुख आसिन रोष्टममा पुग्न मर्यादापालकहरुको काँधमा नै चढ्न पुगेको दृष्य छ । तर मर्यादापालकहरुले उहाँलाई त्यही रोक्नुभयो ।

संसद् बैठक सकिएर बाहिर निस्कने क्रममा पत्रकारहरूले तपाई रोष्टममा पुगेर के गर्न चाहनुहुन्थ्यो भन्ने प्रश्नमा उहाँले बजेट विधेयक वाचन गरिरहेका अर्थमन्त्री शर्मालाई रोक्नका लागि प्रयास गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीले रोष्मटमा बोलिरहेको कुरालाई रोक्ने मेरो उद्देश्य थियो । रोष्टममा अर्थमन्त्री चोर बाटोबाट त्यसरी लुकेर जाने हैन नि । के जनयुद्ध हो यो ? संसदभित्र जनयुद्ध गरेको हो ?

लोकतन्त्र के हो, व्यवस्थापिका के हो ? यस्तो गुरिल्ला पाराले यो सरकार अघि बढ्न सक्दैन् । यो जङ्गली शैली हामीलाई स्वीकार्य छैन ।’ सांसद चौधरीले २३ गते बसेको प्रतिनिधि सभाको बैठकमा पनि विरोधका क्रममा सभामुख ड्यासमा पुग्ने प्रयास गर्नुभएको थियो । त्यो बेलापनि उहाँलाई मर्यादापालकहरु रोकेका थिए ।

गलतको बिरोधमा एमालेले नारा लगाउँदा गिज्याउनेले माओवादी अग्नी, जनार्दनहरुका यी तस्विर भुले ?

गलतको बिरोधमा एमालेले नारा लगाउँदा गिज्याउनेले माओवादी अग्नी, जनार्दनहरुका यी तस्विर भुले ?

सम्बन्धित खबरहरु