काठमाडौ । नेकपा एमालेकी सांसद रेखा झाले सभामुख अग्नी सापकोटाको टाउको फुटाउने चेतावनी दिनुभएको छ ।

बैठकबाट बाहिरिनेक्रममा पत्रकारसँग कुरा गर्दै सांसद झाले आज नै टाउको फुटाउने योजना बनाएको भए पनि त्यो सम्भव नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज टाउको नै फुटाउँथेँ सभामुखलाई हान्न माइक तानेको हो । संसद्को मर्यादा छ नि ।

विरोध भइरहेको छ । हामी नारा लगाइरहेका छौँ बैठक चलाउने ?’ उहाँले सिधै चेतवानीको भाषा बोल्नुभयो ।

झाले नियम उल्लंघन गर्नेलाई नहानेर के गर्ने भन्दै अघि थप्नुभयो, ‘अहिले हानेको छैन मौका मिल्यो भने हान्छौँ ।’ झाले एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दलीय पूर्वाग्रह देखाएको दावी गर्नुभयो ।

आज नै नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवापनि प्रतिनिधिसभा बैठकमा रोष्ट्रम चढ्ने कोशिस गर्दै मर्यादापालकमाथी चढ्नुभएको थियो ।

सम्बन्धित खबरहरु