काठमाडौं । पूर्वमन्त्री एवं प्रमुख प्रतिपक्षी नेकपा ( एमाले ) का सांसद गोकुल बाँस्कोटाले शुक्रबार संसदमा के भएको भन्नेबारे आफू जानकार नभएको बताउनु भएको छ ।

बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो । संसदमा आज के ल्याएको हो भन्ने पनि आफूलाई थाहा नभएको उहाँले प्रतिकृया दिनुभयो ।

उहाँका अनुसार आज संसदमा के ल्याएको हो भन्ने उहाँलाई केही थाहा छैन । सांसद बाँस्कोटाले सभामुखले निर्वाह गर्नुपर्ने न्यूनतम भुमिका पनि निर्वाह नभएको आरोप लगाउनुभयो ।

सभामुख अग्निप्रसाद सापकोटाले असमान व्यवहार गरेको र आफूहरूप्रति असहिष्णु व्यवहार गरेको भन्दै उहाँले सभामुखलाई मान्न नसकिने स्पष्ट पार्नुभयो ।

सभामुखको गलत कामको आफूहरूले विरोध गरेको सांसद बाँस्कोटाको भनाई रहेको छ । बाँस्कोटाले सभामुखको कुर्सिमा बस्दा सबै दलप्रति समान व्यवहार गर्नुपर्ने जानकारी गराउनुभयो ।

सभामुख सापकोटाले सो काम नगरेका कारण एमालेले विरोध गरेको उहाँको भनाई रहेको छ । सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकमा त्यसका सदस्यहरूलाई समेत कार्यसूची र एजेण्डा निदएको सांसद बाँस्कोटाको आरोप छ ।

 

सम्बन्धित खबरहरु