काठमाडौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष फतिमा जेड सुमार बसेको होटलमा साँझ परेपछि घेरा हालिएको सूचना आएको छ ।

उन्नत लोकतन्त्र पार्टी (एडिपि) र स्वतन्त्र राष्ट्रिय अभियान नेपाल (आइएनसी) का स्वाधीनता सेनानीहरुले होटलमा नै घेरा हालेको अध्यक्ष स्वागत नेपालले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

उहाँले लेख्नुभएको छ … हामी यतिबेला होटेल मेरियट प्रवेश गरिसक्यौं तत्काल फातिमाले एमसीसी प्रस्ताव खारेज भएको घोषणा गरुन् ।

नमस्कार हामी जे बोल्छौं त्यो गछौं । हामी उन्नत लोकतन्त्र पार्टी (एडिपि) र स्वतन्त्र राष्ट्रिय अभियान नेपाल (आइएनसी) का स्वाधीनता सेनानीहरु हौं ।

हामी एमसीसीकी उपाध्यक्ष फातिमा जेड सुमार बसेको होटेल मेरियटभित्रै प्रवेश गरिसकेका छौं । हामीले भने बमोजिम भौतिक रुपमा प्रत्यक्ष विरोध जनाउन हामी यहाँ यो होटेलभित्र प्रवेश गरेका हौं ।

हामी अहिले यहाँ २ दर्जनको संख्यामा छौं । अब हामी फातिमालाई भौतिक उपस्थितिमै नेपालबाट एमसीसी आफैँ खारेज गर्न पत्र दिने छौं । उहाँले असहमति जनाएमा बाँकी थप सोही अनुसार हाम्रो प्रतिक्रिया हुनेछ ।

हामी उहाँलाई नेपाल आएका बेला आफैँ नेपालको सार्वभौमिकता र स्वाधीनता विरोधी एमसीसी प्रस्ताव खारेज भएको घोषणा गर्न पुनः आह्वान गर्दछौं । यो अमेरिकी राष्ट्रपतिका लागि बेग्लै विरोध पत्र समेत दिने तयारीमा छौं ।

सो पत्र बुझेर उहाँले एमसीसी प्रस्ताव खारेजीको आफैँ घोषणा गर्ने विश्वास लिएका छौं । जबरजस्ती नेपाली स्वाधीनता र सार्वभौमिकता विरुद्ध एमसीसी पास गर्न नेपालमा हुने गतिविधि विरुद्ध नेपाली जनताले गर्ने प्रतिकारको जिम्मेवार उहाँहरु स्वयम हुनु पर्नेमा पनि हामी सचेत गराउन चाहन्छौं । स्वाधीनता सेननीहरु, उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियान

योपनि पढ्नुहोस्
नेपाल भ्रमणमा आएकी एमसिसी उपाध्यक्ष फतिमा कति शक्तिशाली, को हुन् ?

नेपाल भ्रमणमा आएकी एमसिसी उपाध्यक्ष फतिमा कति शक्तिशाली, को हुन् ?

सम्बन्धित खबरहरु