काठमाडौं । पछिल्ला दिनहरुमा सुन तस्करहरुले नयाँ नयाँ तरिकाहरु अपनाउँदै आएका छन् । मान्छेहरुले विश्वास गर्न नसक्ने तरिकाहरु पनि प्रयोग भइरहेका छन् ।

यो बीचमा हालै सामाजिक सञ्जालमा एक तस्विर खुबै भाइरल भइरहेको छ । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलका अधिकारीहरुले दुई उज्बेकी नागरिकहरुलाई रंगेहात पक्राउ गरेको हो ।

२८ अगस्टको राती दुबईबाट आएका उनीहरुको साथबाट सुन बरामद गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । दुबईबाट ग्रीन च्यानलमा आएका उनीहरु गिरफ्तार भएका हुन् ।

खोजतलासपछि उनीहरुको साथबाट ९५१ ग्राम सुन बरामद गरिएको हो । उनीहरुले दाँतको रूपमा सुन लगाएर ल्याएका थिए । उनीहरुले मुखमा गिजादेखि दाँत सबै सुनको बनाएका थिए ।

उनीहरुले अपनाएको तरिकालाई लिएर मान्छेहरुले रमाइलो प्रतिकृया दिइरहेका छन् । कतिपय मानिसहरु उनीहरुको सोच्ने क्षमतालाई लिएर तारिफ गर्दैछन् ।

केहि मानिसहरु दन्त चिकित्सकको पनि खुलेरै तारिफ गरिरहेका छन् । एकजनाले लेखेका छन, ‘किन मानिसहरु यति धेरै जोखिम लिन्छन् र अवैध काम गर्दछन् ।

किन उनीहरु सामान्य मानिसहरु जस्तै काम गरेर पैसा बनाउन सक्दैनन् ?’ अर्को एकजना लेख्छन्, ‘तस्करहरु साँच्चै मुर्ख हुन् । आजकल प्रविधिको सहयोगमा सबै धातुहरु पत्ता लगाउन सकिन्छ ।

यहाँसम्म कि कालो मरिचको आकार भन्दा सानो वस्तु पत्ता लगाउन सक्छन् । यदि गुदा वा अन्य अंगमा राखिएको छ भने पनि १०० प्रतिशत पत्ता लगाउन सकिन्छ ।’

 

सम्बन्धित खबरहरु