काठमाडौं । आमाको निधनपछि बलिउड अभिनेता अक्षय कुमार काममा फर्केका छन् । ८ सेप्टेम्बरमा उनकी आमाको निधन भयो ।

अक्षय कुमार आफ्नी आमाको बिग्रँदै गएको स्वास्थ्यको बारेमा थाहा पाएपछि फिल्मको छायांकन छोडेर मुम्बई फर्किएका थिए । आमाको निधनपछि अक्षय पुनः लण्डनको लागि प्रस्थान गरेका छन् ।

उनकी पत्नी ट्विङ्कल खन्ना र बच्चाहरु आरव–नितारालाई सँगै लिएर बेलायत उडेका हुन् । ( akshay kumar was spotted with his wife twinkle- khanna and children aarav nitara at the kalina airport in mumbai ) अक्षय वा उनको परिवारले उनीहरु लन्डन गएको भन्ने कुरालाई पुष्टि गरेको छैन ।

तर केहि सञ्चारमाध्यमहरुले अभिनेता छायांकन पूरा गर्न लण्डन फर्किएका छन् । विमानस्थलमा, अक्षय कुमार पैपराजी देखेपछि रोकिए र पोज दिए । आमाको मृत्युको कारण उनको अनुहारमा निराशता स्पष्ट देख्न सकिन्छ ।

उनकी आमाको मृत्युको एक दिनपछि, अक्षय कुमारको जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा आमा आफ्नो गालामा चुम्बन गरिरहेको तस्विर सेयर गर्दै एक पोस्ट साझा गरेका थिए ।

तस्विरमा अक्षय आफ्नो आँखा बन्द गरिरहेका छन् र आमाको माया महसुस गर्दैछन् । तस्विर सेयर गर्दै अक्षयले क्याप्सन लेखेका छन्, ‘यो तरीका मलाई कहिल्यै मन पर्दैनथ्यो तर पक्का छु आमा मलाई त्यहाँ (स्वर्ग) बाट जन्मदिनको शुभकामना गाउँदै हुनुहुन्छ ।

शोक र शुभकामनाको लागि सबैलाई धन्यवाद । जीवन चलिरहेछ ।’ अक्षय केहि समय पहिले सम्म फिल्म राम सेतुको छायांकनमा व्यस्त थिए, अर्को तिर उनले फिल्म अतरङ्गी रेको छायांकन पूरा गरेका छन् ।

सारा अली खान र धनुष पनि अतरङ्गी रे मा देखिनेछन् । त्यस बाहेक, अक्षय कुमारको सूर्यवंशी पनि प्रदर्शनको लागी तयार छ, तर कोभिडको कारण रिलीज रोकिएको छ । अक्षय कुमारले आमाको काजकिरिया गरेनन् ।

सम्बन्धित खबरहरु