काठमाडौं । भारतमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भारतमा केही मिनेट पहिले भूकम्पको धक्का महसुस गरिएको हो ।

भारतको अण्डमान टापुमा भूकम्प गएको जनाइएको छ । भूकम्पलाई ५.२ रेक्टर स्केलमा मापन गरिएको छ । भूकम्पको केन्द्र जमिन भन्दा १० किलोमीटर गहिराईमा रहेको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् ।

नेपाली समयानुसार शनिबार बिहान ९ः०५ बजे भूकम्प गएको हो । त्यस भूकम्पबाट कुनै मानविय क्षति भए नभएको कुनै जानकारी आइसकेको छैन ।

आज बिहान मात्रै नेपालसँग सीमा जोडिएको भारत, उत्तराखण्डमा भूकम्प गएको थियो । भारत, उत्तराखण्डको चमोली, पौडी, अल्मोडा आदि जिल्लाहरुमा नेपाली समयानुसार आज बिहान ६ः१३ बजे भूकम्पको ठूलो धक्का महसुस गरिएको हो ।

भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जोशीमठ नजिकै ४.६ रेक्टर स्केलको भूकम्प गएको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् ।

उक्त भूकम्पको धक्का सीमा क्षेत्रमा रहेका नेपाली जिल्लाहरुमा पनि महसुस गरिएको थियो । भूकम्पको झट्काले मानिसहरुमा त्रास फैलिएको जानकारी दिइएको छ ।

सम्बन्धित खबरहरु