काठमाडौं । विश्वव्यापी कोरोना महामारीबीच जाजरकोटमा अर्को डरलाग्दो रोग देखा पर्न थालेको छ । दादुराका बिरामी देखा पर्न थालेका हुन् ।

भेरी नगरपालिका–१ रावतगाउँमा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मानिसहरु त्रासमा छन् । त्यस्ता बिरामी देखिएपछि परीक्षण गर्दा दादुराका बिरामी फेला परेको जनाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा भेरी–१ रावतगाउँमा १८ बालबालिकाको नमूना संकलन गरी जाँच गर्दा थप दुई जनामा दादुरा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार मात्र प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेत, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र भेरी नगरपालिका स्वास्थ्य शाखाबाट संयुक्तरूपमा स्थलगत अनुगमन गरिएको थियो ।

स्वास्थ्य सेवा कार्यालयले वर्षेनी दादुराविरुद्धको खोप लगाउने गरे पनि अभियान असफल भएको स्थानीयवासी गुनासो गर्छन ।

कोरोना महामारीजस्तै दादुरा पनि सरुवा रोग भएकाले स्थानीय त्रासमा छन् । त्यसलाई लिएर समयमै उच्च सावधानी अपनाउन नसके अवस्था जटिल हुने देखिएको छ ।

सम्बन्धित खबरहरु