काठमाडौं । पूर्वराजदूत एवं व्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ । ८५ वर्षको उमेरमा उहाँको निधन भएको हो ।

काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा शनिबार बिहान निधन भएको परिवारले जानकारी दिएको छ ।

राणा मिर्गौला प्रत्यारोपणपछि नियमित डाइलाइसिस गर्दै आउनु भएको थियो । राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशक हुनुहुन्थ्यो ।

उहाँ नेपाली कांग्रेसका संस्थापक नेता शुवर्णशमसेरका कान्छा छोरा हुनुहुन्थ्यो । वि.सं. २०६६ देखी २०६८ सम्म राणा भारतका लागि नेपाली राजदुतका रुपमा काम गर्नुभएको थियो ।

राणाले राष्ट्रिय खेलकुद परिषद्को दुई कार्यकाल सदस्यसचिवको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो । उहाँ राष्ट्रिय खेलकुद परिषद्, नेपालका आठौं र १३औं सदस्यसचिव हुनुभएको थियो ।

त्यसयता नेपाल ओलम्पिक कमिटीमा पनि लामो समय नेतृत्व दिनुभएका राणा हाल ओलम्पिक कमिटीमा मानार्थ अध्यक्ष हुनुहुन्छ । उहाँको भोली दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

 

सम्बन्धित खबरहरु