काठमाडौं । आफैंले जन्माएको शिशुलाई बाबुको नाम दिन नसक्दा एक अभिनेत्री गम्भीर संकटमा परेकी छिन् । तृणमूल कांग्रेसकी सांसद समेत रहेकी बङ्गाली अभिनेत्री नुसरत जहाँ ( nusrat jahan ) गत महिना आमा बनेकी हुन् ।

त्यसपछि उनी पहिलो पटक सार्वजनिक रुपमा देखिएकी छिन् । नुसरत जहाँका अनुसार उनी अब काममा फर्किएकी छिन् । आफुलाई भोट दिएर जिताएका जनताका लागि काम गर्नु आफ्नो जिम्मेवारी भएको उनको भनाई रहेको छ ।

उनले आफ्नो बच्चाको बुबाको नाम उल्लेख गर्न अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । नुसरत जहाँले आफु संसदमा अर्को सत्रमा देखीने पनि बताइन् । नुसरत जहाँले २६ अगस्टमा छोरा जन्माएकी हुन् । उनले छोराको नाम यशान राखेकी छिन् ।

उनले छोराको नामसँग थर उल्लेख नगरेपछि मान्छेहरु प्रश्न गरिरहेका छन् । तर उनले आफु एकल आमा भएको भन्दै पन्छिन् खोज्दैछिन् ।

बुधवार भारत, पश्चिम बंगालको राजधानी कोलकातामा एक सैलुनको उद्घाटन कार्यक्रममा पुगेकी उनलाई उनको छोराको बुवाबारे प्रश्न गरिएको थियो । सञ्चारमाध्यमहरुसँग कुरा गर्दै उनले भनिन्, ‘मलाई राम्रो लाग्छ । यो नयाँ जीवन हो । मलाई यो एक नयाँ सुरुवात जस्तै लाग्छ ।

जीवनको यो नयाँ अध्यायले मलाई अझ सुन्दर बनाएको छ ।’ उनले थप्दै भनिन्, ‘मसँग केही जिम्मेवारी छन्, जुन मैले पूरा गर्नुपर्ने हुन्छ ।’

उनले आफुसँग आफ्नो परिवार र मतदाताप्रति आफ्ना धेरै जिम्मेवारी भएको कुरा उल्लेख गरेकी हुन् । उनले भनेकी छिन, ‘मलाई भोट दिने जनताहरु प्रति मेरा धेरै जिम्मेवारी छन्, त्यसैले म काममा फर्किन्छु । म मेरो समय सही तरीकाले विभाजित गर्दैछु, म एक आमाको रूपमा सन्तुलन बनाएर राख्न सक्षम हुनुपर्छ ।

म मानिसहरुलाई हतार गर्न भन्छु किनकि एउटा सानो बच्चा पनि मेरो लागी घरमा पर्खिरहेको छ ।’ उनले तत्काल चलचित्र क्षेत्रमा काम नगर्ने स्पष्ट पारेकी छिन् । नुसरत जहाँले संसदको मनसून सत्रमा भाग लिन सकिनन् । संसद सुरु हुँदा उनी आठ महिनाकी गर्भवती थिइन् । तर उनी शीतकालीन सत्रमा देखिनेछिन् ।

के तपाईं प्रश्नहरुको सामना गर्न तयार हुनुहुन्छ भनेर राखिएको जिज्ञासमा नुसरतले भनिन्, ‘म सधैं तयार छु । मलाई कुनै कुराले रोक्न सक्दैन ।’ ३१ वर्षीया नुसरतले सन् २०१९ मा निखिल जैनसँग विवाह गरेकी थिइन् ।

तर उनीहरु त्यसको एकवर्षपछि अलग भैसकेका थिए । हालै निखिलले पनि नुसरतले जन्माएको बच्चा आफ्नो नभएको स्पष्ट पारिसकेका छन् ।

यस्तो अवस्थामा नुरसतसँग पत्रकारहरुले उनको छोराको बुबाबारे प्रश्न गरेका थिए । तर उनले केही बताइनन् । जवाफमा उनले भनिन्, ‘बुबा को हो बुबालाई नै थाहा छ ।

अहिले हामी आमा–बुबा बन्ने खुशीको आनन्द लिइरहेका छौं । म र यश दासगुप्ता राम्रो समय बिताइरहेका छौं ।’ उनले जन्माएको छोराको बुवा यश दासगुप्ता भएको बहस चलिरहेको छ । तर उनीहरुले यसलाई पुष्टि गर्न सकिरहेका छैनन् ।

 

सम्बन्धित खबरहरु