काठमाडौं । के हुन्छ जब कुनै देशका राष्ट्रप्रमुख उद्घाटन कार्यक्रममा जान्छन्, त्यहाँ अरु नै कसैले उद्घाटन गर्दिन्छ ? एउटा त्यस्तै रमाईलो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उक्त भिडियोले इन्टरनेटको दुनियाँमा धेरै चर्चा कमाइरहेको छ । यो भिडियो हेरेर मानिसहरु मुस्कुराउन बाध्य भएका हुन् । भिडियोमा एक बच्चा अन्य केही साथिहरुसँगै उद्घाटन समारोहमा टर्कीका राष्ट्रपतिसँग उभिएका छन् ।

तर यस बीचमा उनले राष्ट्रपतिले गर्नुपर्ने काम गर्दिएपछि भाइरल भएका हुन् । राष्ट्रपति रजेप तैयप एर्दोगान टर्कीमा एक राजमार्गको सुरङ्ग उद्घाटन को लागी पुगेका थिए ।

त्यहाँ उहाँले रिबन काटेर टनेलको उद्घाटन गर्नुपर्ने थियो । तर केही बच्चाहरु उनका अगाडि थिए । बच्चाहरुको उक्त समुहमा एक बच्चाले कैची समातेका थिए ।

ति बालकले राष्ट्रपतिले भन्दा पहिले रिबन काटेर टनेलको उद्घाटन गर्दिएका हुन् । विभिन्न सञ्चारमाध्यमहरुमा सो घटनाको भिडियो भाइरल हुँदैछ ।

भिडियोमा देख्न सकिन्छ कि धेरै अन्य बच्चाहरु पनि उद्घाटन समाहोरोको अवसरमा त्यहाँ उपस्थित छन् । टर्कीका राष्ट्रपति उनीहरुका पछाडि उभिएर बच्चाहरुसंग कुरा गर्दै छन् ।

त्यस बीचमा, एक बच्चा अगाडि आउँछन् र रिबट काट्छन् । यो भिडियो ४ सेप्टेम्बरको भनिएको छ । जुन अहिले सम्म लाखौं पटक हेरिएको छ । भिडियो हेरेपछि एक प्रयोगकर्ताले लेखेका छन्, ‘यसलाई वास्तविक उद्घाटन भनिन्छ ।’

अर्को प्रयोगकर्ताले भनेका छन, ‘यस्तो क्षणहरु एक व्यक्तिलाई हाँस्ने मौका दिन्छन् ।’ धेरै मानिसहरु भिडियोमा हास्यास्पद टिप्पणी गरिरहेका छन् । उनले कैची कहाँबाट पाए भन्ने कुरा खुलेको छैन ।

सम्बन्धित खबरहरु