काठमाडौं । सासु र बुहारीबीचको सम्बन्धलाई धेरै ब्याख्या गर्न आवश्यक छैन् । प्रायः उनीहरु एक अर्काप्रति नकारात्मक नै हुन्छन् ।

तर बलिउड अभिनेत्री करीना कपूर खान ( actress kareena kapoor khan ) आफ्नी सासु अर्थात सैफ अली खानकी आमा शर्मिला टैगोरसंग एकदम नजिक छिन् । शर्मिला टैगोर आफ्नी बुहारी करीना कपूर खानलाई धेरै माया गर्छिन् ।

शर्मिला टैगोरसंग करीनाका तस्वीरहरु प्रायः इन्टरनेटमा भाइरल भइरहेका हुन्छन् । शर्मिला टैगोरले करीनालाई लिएर धेरै पटक आफ्नो प्रेम व्यक्त गरिसकेकी छिन् ।

हालै मात्र उनले एक पटक फेरी करीनाको बारेमा केहि रोचक कुराहरु भनेकी हुन् । स्पटब्वायमा प्रकाशित शर्मिला टैगोर को एक नयाँ अन्तर्वार्ता अनुसार, अनुभवी पूर्व अभिनेत्रीले बुहारीबारे भनिन्, ‘मलाई करीनाको धेरै माया लाग्छ ।

उनको बारेमा सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि उनी धेरै शान्त छिन् । उनलाई स्टाफ, हेयरड्रेसर र डिजाइनरसँग कुरा गरिरहेको देखेकी छु । कहिलेकाहीँ जब हामी हतारमा हुन्छौं म मेरो हेयरड्रेसरलाई छिाटो गर भन्दै अत्याउछु तर करीना त्यस्तो गर्दिनन् ।’

करीनाको प्रशंसा गर्दै शर्मिलाले धैर्यता धेरै मनपर्ने बताइन् । उनलाई आफ्नी बुहारीको धैय शक्ति मनपर्छ । करीना साथमा हुँदा सन्तुष्टि मिल्ने पनि उल्लेख गरिन् । करीना आफुलाई कहिल्यै आफूलाई कसैसँग तुलना गर्दिनन् । उनी आफ्नो काम आफै गर्छिन् ।

शर्मिला टैगोरले भनिन्, ‘म धेरै खुशी छु कि उनी मेरी बुहारी हुन् । करीना मलाई म तपाईंकी छोरी जस्तै छु भन्छिन् । म पनि तिमी हौ भन्छु ।’ छोरा सैफ अली खानको करियर र उनको जीवनको बारेमा कुरा गर्दै शर्मिलाले भनिन्, ‘मैले ये दिल्लगी देखेकी छुँ ।

उनको पुरानो अन्तर्वार्ता पनि धेरै हास्यास्पद छन् । उनी धेरै परिपक्व भइसकेका छन् । उनी अब ४ बच्चाहरुको बुवा हुन् । उनी एक बुबा हुन् र एक अद्भुत शेफ भैसकेका छन् । उसले आफैंलाई पढ्ने जस्तै राम्रो चीजहरुको बानी बनाएको छ ।’

सम्बन्धित खबरहरु