काठमाडौं । भारतीय राजनीतिमा नयाँ हलचल प्रदा भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा ठूलो राजनीतिक उथलपुथल भएको हो ।

विजय रुपाणीले शनिबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले भारतीय जनता पार्टी (भाजपा) लाई धन्यवाद दिदैं मुख्यमन्त्री पद छोडेका हुन् ।

विजय रुपानीले शनिबार नै राज्यपाललाई भेटेर राजीनामा बुझाएका छन् । उनीसँगै उपमुख्यमन्त्री नितिन पटेल पनि राज्यपालकहाँ गएको जानकारी दिइएको छ ।

अर्को बर्ष डिसेम्बर २०२२ मा गुजरातमा विधानसभा चुनाव हुन गइरहेको छ । त्यसभन्दा पहिले विजय रुपानीले मुख्यमन्त्री पदबाट राजीनामा दिनुलाई धेरै महत्वपूर्ण मानिएको छ ।

स्रोतहरुका अनुसार, अब नयाँ नेतृत्वसहित भाजपा गुजरातमा अर्को चुनाव लड्ने तयारीमा रहेका छ । विगत केही महिनादेखि आम आदमी (आप) पार्टीले राज्यमा भाजपालाई कडा टक्कर दिइरहेको छ । आप पार्टीले रूपाणी सरकारलाई विभिन्न मुद्दाहरुमा घेरिरहेको छ ।

कोरोना भाइरसको दोस्रो लहर सहित धेरै मुद्दा उठाएर सरकारको आलोचना भइरहेको छ । अर्कोतिर कांग्रेसले पछिल्लो गुजरात चुनावमा पनि राम्रो प्रदर्शन गरेको छ ।

तब देखि, कांग्रेस कार्यकर्ताहरु पनि सक्रिय रूपमा गुजरातमा भाजपालाई परास्त गर्ने काममा लागेका छन् । विजय रुपानी पछि नयाँ मुख्यमन्त्री को बन्ने भन्ने बारे कुनै जानकारी छैन ।

केहि वर्षहरु बाहेक, सन् १९९५ देखि गुजरातमा भाजपा सरकार रहँदै आएको छ । वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पनि सन् २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्री रहेका थिए ।

 

सम्बन्धित खबरहरु