काठमाडौं । आमाबाबुको सपना पुरा गर्नका लागि हरेक सन्तानले निरन्तर प्रयास गरिरहेका हुन्छन् । तर सबैको सपना पुरा हुन सक्दैन् ।

टोकियो ओलम्पिकमा स्वर्ण पदक जितेर इतिहास रच्ने भारतीय खेलाडी नीरज चोपडाले आफ्नो अर्को सपना साकार भएको बताएका छन् ।

भाला फ्याक्ने प्रतियोगितामा भारतका लागि पहिलो ओलम्पिक स्वर्ण पदक जित्ने नीरजले शनिबार ट्वीट गरेर खुशी व्यक्त गरेका हुन् ।

नीरजले चार्टर्ड उडानमा आफ्ना बाबुआमासँगको एउटा तस्वीर साझा गरेका छन् । उनले तस्वीर साझा गर्दै क्याप्सन लेखे, ‘आज जीवनको एउटा सपना साकार भयो ।

मैले पहिलो पटक मेरो आमा बुबालाई विमानमा उडाउन पाए । म सधैं सबैको प्रार्थना र आशीर्वाद को लागी आभारी हुनेछु ।’ टोकियोबाट फर्केपछि, नीरजको व्यस्तता बढेको छ ।

उनी लगातार बिभिन्न ठाउँहरुमा सम्मान कार्यक्रममा भाग लिइरहेका छन् । यी सबै कारणले उनी आफ्नो परिवारलाई समय दिन सकिरहेका छैनन् ।

जे होस्, गत महिना उनले भनेका थिए कि उनी आफ्नो परिवारसँग समय बिताउन २०२१ मा हुने धेरै खेलमा भाग नलिने बताएका थिए ।

तर २०२२ मा एसियन र राष्ट्रमण्डल खेलहरुमा भाग लिनेछन् । कांग्रेस नेता राहुल गान्धीले पनि निरजको तारिफ गरेका छन् ।

सम्बन्धित खबरहरु