काठमाडौं । पाकिस्तानको सरकारी विमान कम्पनि पाकिस्तान इन्टरनेसनल एअरलाइन्स (पीआईए) काबुल उडान शुरु गर्ने भएको छ । पीआईएले अर्को हप्तादेखि इस्लामाबाददेखि काबुलसम्मको व्यावसयिक उडान गर्ने जानकारी दिएको हो ।

उक्त एअरलाइन्सका प्रवक्ताले दिएको जानकारी अनुसार अफगानिस्तानमा तालिबानले आफ्नो हातमा लिएपछिको यो नै पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुनेछ ।

प्रवक्ता अब्दुल्लाह अफिज खानलमा अनुसार उक्त उडानको सम्पूर्ण तयारी पूरा भएको छ। विमान (ए ३२०) ले सेप्टेम्बर १३ मा इस्लामावाद देखि काबुलको उडान गर्ने भएको छ ।

अहिले पाकिस्तानले सैन्य विमानमार्फत खाद्य, औषधि लगायत अत्ति आवश्यक कुराहरु काबुल पुर्याउन थालेको छ ।

विश्वका धेरै देशहरु अफगानिस्तानमा आउन सक्ने माविय संकटलाई ध्यानमा राखेर अगाडि बढेका छन् ।

चीनले पनि ठुलो सहयोगको घोषणा गरिसकेको छ । तालिबानलाई तत्काल मान्यता दिने पक्षमा नभएका देशहरु पनि मानविय सहायता पुर्याउनका लागि तालिबानसँग निरन्तर सम्पर्कमा रहनुपर्ने पक्षमा छन् ।

सम्बन्धित खबरहरु