काठमाडौं । फिल्म शैलीमा जेलबाट भागेकाहरु पक्राउ पर्न थालेका छन् । इजरायलको जेलबाट भागेकामध्ये चार जनालाई सुरक्षाकर्मीले पक्राउ गरेका हुन् ।

उच्च सुरक्षा सर्तकता रहेको इजरायलको गिल्बोआ कारागारबाट गत् साता छ जना प्यालेष्टाइन फरार भएका थिए ।

इजरायली प्रहरीका अनुसार भागेकामध्ये दुई जना एक कार पार्क गर्ने स्थलमा उभिरहँदा पक्राउ गरिएका छन् । अर्का दुई जना नजारेथ शहरबाट पक्राउ परेका हुन ।

कारागारबाट उम्किन छ जनाले सुरुङ्ग खनेका थिए । छ जना प्यालेष्टाइन कारागारबाट फरार भएको जानकारी सार्वजनिक भए लगत्तै प्यालेष्टाइन हमास समूहले उत्सव मनाएको थियो ।

अन्य दुई जनाको खोजिकार्य तिव्र पारिएको इजरायली अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले चम्चाको सहयोग लिएर चर्पीबाट सुरुङ्ग खनेर भागेको बताइएको थियो ।

उनीहरु जेलबाट भागेपछि इजरायलको सुरक्षालाई लिएर विश्वभर गम्भीर प्रश्न उठेको थियो । उनीहरु वास्तवमा कसरी त्यहाँबाट उम्कन सफल भएका हुन् भन्ने कुरा अहिले पनि सहस्य नै बनिरहेको छ ।

सम्बन्धित खबरहरु