काठमाडौं । जात व्यवस्थाले सिर्जना गरेको विभेदविरूद्धको प्रतिरोधलाई सशक्त बनाउने अभियान स्वस्प टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ को दोस्रो सिजन शुभारम्भ भएको छ ।

समता फाउण्डेशनले निर्माण गरेको जातको प्रश्न गत वर्ष १२ अंक प्रसारण भएको थियो । शनिवार एक कार्यक्रमका आयोजना गरी शुभारम्भ गरिएको हो ।

फोउण्डेशनका अध्यक्ष प्रदिप परियारले कार्यक्रमले पितृसत्ताको वर्चश्व भएको जातव्यवस्था, जातीय विभेद र जातकै आधारमा हुने छुवाछूतविरूद्ध घर–घरमा संवाद शुरू गराएको बताउनभुयो ।

उहाँका अनुसार ‘जातको प्रश्न’ वर्ल्ड जस्टिस च्यालेञ्ज, २०२१ को अन्तिम ३० प्रतिस्पर्धीमा छनोट पनि भएको थियो ।

कार्यक्रमलाई अभिनेताद्वय राजेश हमाल र दयाहाङ राई, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी, कलाकार प्रकाश सपूत र सञ्चारकर्मी निश्मा ढुङ्गाना चौधरीले सञ्चालन गर्नुहुनेछ । ‘जातको प्रश्न’ को दोश्रो सिजन १२ अङ्कको हुनेछ ।

सम्बन्धित खबरहरु