ई.सं.२०२१ सेप्टेम्बर १२ नेपाल सम्बत ११४१ ञंलाथ्व भदौ शुक्ल पञ्चमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र शुक्ल पञ्चमी तिथी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, एन्द्र योग, बव करण ।

नेपालमा सूर्योदय बिहान ५ः४७ बजे, सूर्यास्त साँझ ६ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूणर् कार्यका लागि बाहिर निसकनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

आज कुनै महत्वपूणर् कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर २० मिनेट देखि ८ बजेर ५३ मिनेट सम्म छ ।

यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज भाद्र शुक्ल ऋषिपञ्चमी व्रत रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । horoscopes : राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामान चोरी हुने भय छ । टाउको दुख्ने समस्या हुन सक्छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन र शुभ काममा मन जानेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्ने छ । आँटेको र ताकेको कार्य पुरा नै हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा उमङ्ग र उत्साह छाउने छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । भक्ति पनि बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्ने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज परिवारजनको साथले नयाँ आशा जगाउने छ । शुभ समाचार सुन्न पाइएला । आस मारेको काम बन्ने छ, तर पेटको समस्या बढ्न सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । शुभ काममा मन जानेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मानसिक चिन्ता बढे पनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउने छ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अपजस मिल्न सक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोबारमा मन्दी आउने छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्यको योजना बन्ने र नयाँ वस्त्र प्रगतिको योग छ । सरकारी निकायबाट सहयोग मिल्ने छ । शेयर बजारमा गरेको लगानी पनि राम्रो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सानातिना बाधा आइलागे पनि काम रोकिने छैन र कार्य सम्पादनमा सहजता मिल्दै जानेछ । विद्या र बुद्धिको विकास हुनेछ । शुभकार्यको चर्चा चल्ने छ ।

यो पढ्न छुटाउनुभयो की

साप्ताहिक अंकज्योतिष : भदौ २७ देखि असोज ३ सम्म यी राशि खुशी, धनी, मालामाल

भाद्र २७ गते आईतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पढ्नुहोस् कुन राशिमा आउँदैछ उमंग : साताको राशिफल (भदौ २६ देखि असोज १ गतेसम्म)

एकदमै दुब्लो, पातलो र कमजोर हुनुहुन्छ ? आजैबाट यी चीज खाईदिनुस्, हुन्छ चमत्कार

साप्ताहिक आर्थिक राशिफल : भदौ २७ देखि असोज ३ / यी राशिमा यस हप्ता पैसाको वर्षा

सम्बन्धित खबरहरु