काठमाडौं । त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय कर्मचारी प्रशासन महाशाखा, कीर्तिपुरले स्पष्टीकरण पेश गर्ने बारेको जरुरी सूचना प्रकाशित गरेको छ ।

जारी सूचनामा भनिएको छ, ‘त्रि.वि. अन्तर्गतका तपसिल बमोजिमका निकायहरुमा कार्यरत देहायका शिक्षक, कर्मचारीहरु आफ्नो विदा स्वीकृत नगराई बिना सूचना आफू कार्यरत क्याम्पस÷कार्यालयमा ९० दिनभन्दा बढी समयदेखि अनुपस्थित भई आफ्नो कर्तव्यमा लापरवाही गरी आचरण विपरित कार्य गरेको हुँदा त्रि.वि. शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० को दफा ८४(१) छ को आधारमा सोही नियमको दफा ८२(ख) १ बमोजिम सजाय किन नगर्ने ?

सो सम्बन्धमा १५ दिनभित्र आ–आफ्नो स्पष्टीकरण पेश गर्न हुन त्रि.वि.कार्यकारी परिषदको मिति २०७८÷०४÷२१ को निर्णय नं. ९६५ र मिति २०७८।५।१७ को निर्णय नं. १०२४ को निर्णयानुसार सूचित गरिन्छ ।’

सम्बन्धित खबरहरु