काठमाडौं । चीनमा एक दर्दनाक घटना घटेको छ । चीनको उत्तरी हेबेई प्रान्तमा कारखानामा निसास्सिएर छ जनाको मृत्यु भएको हो ।

स्थानीय अधिकारीहरूका अनुसार उत्तर चीनको हेबेई प्रान्तको बाओडिङ शहरको एउटा कारखानामा शनिबार निसासिएर छ जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् ।

शनिबार दिउसो करिब तीन बजेको समयमा सो दुर्घटना भएको थियो । हेबेईको ग्रामिण क्षेत्र सुशुई जिल्लास्थित दासिन झुवान गाउँमा उक्त घटना भएको चिनियाँ सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

चिनियाँ अधिकारीका अनुसार डाउन ज्याकेट कारखानामा काम गर्ने मजदुरहरुको मृत्यु भएको हो । उनीहरु कारखानाबाट निस्केको पानी फाल्ने पम्प जाँच गर्ने क्रममा अर्धचेत भएका थिए ।

ति एक जनालाई उद्धार गर्न जाँदा अरू पनि अर्धचेत भएका हुन् । घटनापछि जिल्ला सरकारद्वारा पठाएको उद्धार टोली घटनास्थल पुग्यो ।

उद्धार गरेपनि एक व्यक्तिलाई मात्र बचाउन सकिएको बताइएको छ । सात जनामध्य छ जनाको मृत्यु भएको जिल्ला प्रशासनले बताएको छ । दुर्घटनाको कारणबारे छानविन भइरहेको बताइएको छ ।

 

सम्बन्धित खबरहरु