काठमाडौं । त्रिभुवन विश्वविद्यालय अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय द्वारा परीक्षा केन्द्र कायम गरिएको बारे सूचना जारी गरिएको हो ।

परीक्षा केन्द्र प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘यस संकायद्वारा मिति २०७८ भदौ २९ गतेदेखि सञ्चालन हुने ब्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बीआईएम) र ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) कार्यक्रमको प्रथम, तेस्रो, पाँचौं तथा सातौं सत्रको मौका परीक्षा २०२१ को परीक्षा केन्द्र तोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सुचित गरिन्छ ।’

साथै त्रिविले मौका परीक्षाको लागि फारम भर्ने परीक्षार्थीहरूको प्रवेशपत्र व्यवस्थापन संकाय परीक्षा नियन्त्रण मशाखाबाट तुरुन्त प्राप्त गरी विद्यार्थीहरुलाई वितरण गर्न भनेको छ ।

परीक्षार्थी वर्गले परीक्षा दिन आउँदा अनिवार्य रुपमा सक्कल प्रवेशपत्र ल्याउनुपर्नेछ । फोटोकपी गरिएको वा कलेजबाट प्रमाणित गरिएको प्रवेशपत्रको मान्यता हुनेछैन । प्रवेशपत्र बिना परीक्षा हलमा प्रवेश गर्न नपाइने पनि त्रिविले स्पष्ट पारेको छ ।

सम्बन्धित खबरहरु